coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पोखरा महानगरको खेल बजेटः प्रतियोगिता गर्न १ करोड ५५ लाख

आर्थिक वर्ष २०७८/०७९ को आय व्यय विवरण प्रस्तुत गर्दै पोखरा महानगरपालिका उपमेयर मन्जुदेवी गुरुङ । तस्बिर: नागरिक

पोखरा महानगरपालिकाकी उपमेयर मन्जुदेवी गुरुङले आर्थिक वर्ष २०७८/०७९ को लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको आयव्ययको विवरण विहीबार पेश गरिन् । पेश गरिएको आय व्यय विवरण अनुसार पोखरा महानगरपालिकाले पोखरामा आयोजना हुने खेलकुद प्रतियोगिताको लागि १ करोड ५५ लाख रुपैयाँ बजेट छुट्टाएको छ । गतवर्ष समेत खेलकुद प्रतियोगितालाई छुट्टाइएको कतिपय बजेट भने कोभिड–१९ कै कारण रोकिएको थियो ।  

महानगरपालिकाले पोखरामै आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सम्बोधन गरेर बजेट छुट्टाइएको छैन । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७७ फागुन २० देखि २७ गतेसम्म आयोजना गर्ने मिति तय गरिए पनि कोरोना कहरकै कारण पछाडि धकेलिएको हो । यसलाई नीति तथा कार्यक्रममा समेत समावेश गरिएको थिएन् ।

‘गण्डकी प्रदेश तथा पोखरा क्षेत्र नेपालको खेल क्षेत्रको लागि उर्वरभूमि हो । यही माटोमा जन्मे हुर्केका कैयौं युवाहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद मञ्चमा आफुलाई पटक पटक प्रमाणित गरेका छन् । आहारारा गोल्डकप यस सहरको पहिचानको रुपमा स्थापित भइसकेको छ । पोखरा म्याराथन प्रतियोगितालाई यस सहरको अर्को खेल क्षेत्रको महत्वपूर्ण वार्षिक गतिविधिको रुपमा विकास गर्ने हाम्रो प्रतिबद्धता रहेको छ,’ उपमेयर मन्जुदेवी गुरुङले सुनाईन् ।  

महानगरपालिकाले खेलकुद गतिविधिलाई छुट्टाएइको १ करोड ५५ लाख रुपैयाँबाटै नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत खर्च गरिने सम्भावना रहेको पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले बताए । ‘हामीले पोखरा स्पोर्टस कानिर्भल(फेस्टिबल) भनेर सम्बोधन गरेर बजेटसहित सिफारिस गरेका थियौं,’ उनले भने, ‘तर विषयगत नछुट्टाई बजेट प्याकेजमा हालिएको छ ।’ महानगरले पोखरा म्याराथन तथा आहा रारा गोल्डकपको लागि भने विगतमा झैं आगामी आर्थिक वर्षको लागि समेत बजेट व्यवस्था गरिएको उपमेयर गुरुङले बिहीबार सम्बोधनको क्रममा जानकारी गराईन् ।  

छुट्टाइएको बजेटबाटै विद्यालय तथा अन्य खेल गतिविधि सञ्चालन गरिनेछ । बजेटलाई महानगर खेलकुद विकास समितिले समन्वय गरि सम्बन्धीत इकाईलाई आवश्यक सहजीकरण गर्ने समेत उनको भनाई थियो । ‘विद्यार्थीलाई शैक्षिकसँगै खेलकुद गतिविधिमा संलग्न हुने अवसर तथा खेलाडी उत्पादन गर्न टेवा पुर्याउने उद्देश्यसहित अन्तर विद्यालय मेयर कप आयोजना गरिनेछ,’ उपमेयर गुरुङको भनाई थियो । महानगरले पूर्वाधारतर्फ २ अर्ब ८६ करोड ९० लाख अर्थात ४५ दशमलव ७ प्रतिशत बजेट प्रस्ताव गरिएको छ । जस अन्तर्गत खेलकुद पूर्वाधार समेत रहेका छन् । 

यद्यपी खेलकुदका पूर्वाधार कुन कुन भनेर खुलाईएको छैन । महानगरपालिकाले गतवर्ष पोखरा–२० मौजास्थित निर्माणाधिन खेल मैदान तथा पोखरा–१३ काँहुमा सेभेन ए साईड फुटबल मैदान निर्माण शुरु गरिएको थियो । जसलाई महानगरपालिकाले ५०–५० लाख रुपैयाँ छुट्टाएको थियो ।  

प्रकाशित: १० असार २०७८ ०९:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App