४ वैशाख २०८१ मंगलबार
खेल

महानगर खेलकुद सदस्य सचिवमा खड्का

सुवास खड्का

पोखरा महानगरपालिकाले खेलकुद विकास समितिको सदस्य सचिवमा सुवास खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ । महानगरपालिकाको ५० औं नगर कार्यपालिकाको बैठकले खड्कालाई सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो । प्रदेश, जिल्लामा कार्यसमिति चयन भईसकेको अवस्थामा महानगरपालिकाले पनि समितिको अध्यक्षमा दिपकबहादुर गोदारलाई नियुक्त गरिसकेको छ । यद्यपी कार्यसमितिले भने पूर्णता पाउन सकेको छैन् । सदस्य सचिवको नियुक्तिपछि कार्यसमितिले पूर्णता पाउने विश्वास छ ।  

लामो समय खेलकुद क्षेत्रमा होमिएका पोखरा–३२ खोलाछेउ निवासी खड्का आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता(नेपालगन्ज)मा कराँतेका प्रशिक्षक समेत हुन् । उनको खेल क्षेत्रमा प्रवेश भने दुई दशकअघि हो । २०६१ सालदेखि खेलकुद क्षेत्रमा होमिए । क्योकुशिन कराँते मार्फत उनले आफनो खेलकुदको करियर शुरु गरेका हुन् ।  

पाँचौं राष्ट्रिय खेलकुद २०६५ (धनगढी) प्रतियोगितामा सहभागिता जनाएका थिए । कास्की जिल्ला र पश्चिमाञ्चल क्षेत्रिय प्रतियोगितामा प्रथम हुदैं राष्ट्रियमा छनोट भएका थिए । पोखरामा आयोजित दशौं माछापुच्छ«े कप कराँते च्याम्पियनसिपमा प्रथम तथा उत्कृष्ट खेलाडी घोषित भए । कराँतेका उनी आफैंमा राष्ट्रिय निर्णायक समेत हुन् ।  

कराँतेमा उनले २०६५ सालमै ब्ल्याक बेल्ट फस्ट डान लिएका थिए । भारतको महामाया स्टेडियम गाजियावादमा आयोजित दशौं अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा उनी दोस्रो स्थानमा रहे । बिस २०६६ साल देखि क्योकुशिन –फुलकण्ट्याक्ट कराते, मुआथाईको स्वयमसेवी प्रशिक्षकका रुपमा संलग्न छन् । बिस. २०७२ सालदेयिख विश्वको लोकप्रिय खेल रग्वीलाई कास्की जिल्लामा सुरुवात गरी प्रशिक्षण गराउन शुरु गरेका थिए । अंग्रेजी विषयमा स्नतकोत्तर गरेका खड्काकै प्रशिक्षकत्वमा नेपालगन्जमा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कराँतेमा गण्डकी प्रदेश च्याम्पियन बनेको थियो । दुई वर्ष अघि मात्रै उनले क्योकुशिन कान कराँते इन्टरनेशनल होन्बु(जापान)बाट ब्ल्याक बेल्ट थर्ड डान लिएका थिए ।  

स्पोर्टस साईन्स एकेडेमी अफ नेपाल, पोखराबाट २०७२ सालमै उनले आधारभूत कण्डिसनिङ तालिम लिए । क्योकुशिन बुदोकाइर्ए कराँते तथा किक बक्सिङको रेफ्री सेमिनारमा सहभागि भएका थिए । २०७२ साल सायनमा उनले रग्बी खेलको लेभल–१ कोचिङ तथा म्याच अफिसियलको तालिम समेत लिएका छन् । 

प्रकाशित: ९ असार २०७८ १२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App