१५ चैत्र २०८० बिहीबार
खेल

खेलकुद महासंघद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाल खेलकुद महासंघले 'कोभिड नो भिड' भन्ने नाराका साथ अघि सारेको कोरोना महामारी रोकथामको अभियानलाई जारी राखेको छ ।

सोही अभियान अन्तरगत फ्रन्टलाइनमा रहेर कार्य गर्ने विभिन्न निकायलाई सहयोग गर्दै आईरहेको छ । यसै सिलसिलामा महासंघले नेपाल प्रहरीका साथै पत्रकारहरुलाई पुनः स्वास्थ्य सामग्री सहयोग गरेको छ ।  

खेलकुद महासंघले पत्रकार महासंघ झापा र रङ्गेली ईलाका प्रहरी कार्यालय, उर्लाबारी इलाका प्रहरी कार्यालय र इटहरी ईलाका प्रहरी कार्यालयलाई आठ हजार मास्क र चार लिटर सेनिटाईजर सहयोग गरेको हो ।

सहयोग स्वास्थ्य सामग्री केन्द्रीय सचिव सन्तोष वान्तवा, केन्द्रीय सचिव बासु नेपाल, स्थाई कमिटी सदस्य सान्तोषी श्रेष्ठ, स्थाई कमिटी सदस्य सुरेश कार्की, मोरङ संयोजक सुरज श्रेष्ठ र बिराटनगर नगर सचिव प्रतापसिंह कार्कीको उपस्थितीमा सम्वन्धित संस्थाका प्रतिनिधिलाई हस्तान्तरण गरे ।

प्रकाशित: ४ असार २०७८ १२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App