६ वैशाख २०८१ बिहीबार
खेल

क्रेचिकोभा सेमिफाइनलमा

१७ वर्षीया कोको गौफलाई स्तब्ध बनाउँदै चेक रिपब्लिककी खेलाडी बार्बोरा क्रेचिकोभा बुधबार फ्रेन्च ओपनको सेमिफाइनलमा पुगेका छन्।

अमेरिकी युवा खेलाडी गौफमाथि ७–६ (८–६) र ६–३ को जित निकाल्दै पहिलो चेक रिपब्लिककी बार्बोरा पहिलो पटक ग्रान्ड स्लामको सेमिफाइनलमा पुगेकी हुन्। ३३औं वरीयताकी बार्बोराले पहिलो सेटमा पाँच पटक सेट पोइन्ट बचाउँदै २४औं वरीयताकी गौफविरुद्ध जित निकालिन्। उनले सेमिफाइनलमा मारिया साक्कारीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन्। बार्बोराले महिला डबल्समा पनि अन्तिम चारमा स्थान सुरक्षित गरेकी छिन्। यससँगै उनले पेरिसमा लगातार दशौं जित दर्ता गरिन्।

‘आज सेमिफाइनलसम्म पुगेको छु। यहाँसम्म पुग्न सक्छु भन्ने कल्पना पनि गरेका थिइनँ। विशेषत एकलतर्पm यो सफलता प्राप्त गर्न सक्छु भन्ने सोचेको पनि थिइनँ,’ सन् २०१८ को फ्रेन्च ओपनमा डबल्सतर्पm च्याम्पियन बार्बोराले भनिन्, ‘मेरा लागि यो सफलता विशेष हो, जुन मैले कहिल्यै कल्पना पनि गरेका थिइनँ।’ सन् २००६ पछि सबैभन्दा कम उमेरकी ग्रान्ड स्लाम क्वार्टरफाइनलिस्ट गौफविरुद्ध ५–३ ले पछि परेको स्थितिमा बार्बोराले पुनरागमन गरेकी थिइन्। 

बार्बोराले टाइ भएको पहिलो सेटमा जित निकाल्न ७० मिनेट खर्चिन पुगिन्। त्यस क्रममा उनले दुई फोरह्यान्ड प्रहार गरिन्। ‘हरेक समय पछि परेका थिएँ। तर पनि हरेक पोइन्ट र बलका लागि संघर्ष गरें। जुन मेरा लागि पनि महत्वपूर्ण थियो,’ बार्बोराले भनिन्, ‘दोस्रो सेटमा सुरुआत राम्रो सुरुआत गरेका थिएँ। तर, पछि केही चुनौती पनि थपिए।’ यता हारसँगै सन् १९९३ पछि पेरिसमा क्वार्टरफाइनलमा पुग्ने सबैभन्दा कान्छी अमेरिकी महिला गौफको चुनौती समाप्त हुन पुग्यो। ‘उनी निकै अद्भुत खेलाडी हुन्,’ गौफबारे बार्बोराले भनिन्, ‘उनी भर्खर १७ वर्षकीे भइन्। उनको उमेरमा मैले आइटिफका प्रतियोगिता मात्र खेलेका थिएँ। मैले उनलाई अभैm राम्रो गर्ने शुभकामना दिएको छु।’  

डिफेन्डिङ च्याम्पियन बाहिरिन्

मारिया साक्कारीले डिफेन्डिङ च्याम्पियन इगा स्विटेकलाई स्तब्ध बनाउँदै पहिलो पटक ग्रान्ड स्लामको सेमिफाइनलमा स्थान बनाएकी छन्। पोल्यान्डकी इगालाई ६–४ र ६–४ ले स्तब्ध बनाउँदै ग्रिसकी मारिया बुधबार फ्रेन्च ओपनको सेमिफाइनलमा स्थान बनाएकी हुन्। विश्वको १८औं वरीयतमा रहेकी मारियाले दोस्रो सेटमा मेडिकल टाइम आउट लिएकी इगाविरुद्ध सहज जित निकालिन्। मारियाले सेमिफाइनलमा बार्बोरासँग प्रतिस्पर्धा गर्नेछिन्। बिहीबार पहिलो सेमिफाइनलमा ३१औं वरीयताकी एनास्टासिया पाभ्लियुचेनकोभा र गैरवरीयताकी टमरा जिडानसेकबीच प्रतिस्पर्धा हुनेछ। 

प्रकाशित: २७ जेष्ठ २०७८ ०४:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App