१६ चैत्र २०८० शुक्रबार
खेल

आक्रामक फुटबलतिर नेपाल

गत चैत्रबाट नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सम्हालेका कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपालले अब अट्याकिङ रणनीतिका साथ खेल्ने र त्यसका लागि आफूले टोलीमा धेरैभन्दा धेरै युवा खेलाडीलाई अवसर दिने बताएका थिए।

उनले नेपाल सुपर लिग (एनएसएल) पछि इराकविरुद्धको मैत्रीपूर्ण खेल र कतार विश्वकप २०२२ को छनोट चरणका बाँकी ३ खेलका लागि प्रारम्भिक ३२ खेलाडी घोषण गरे। त्यसमा धेरैभन्दा धेरै युवा खेलाडीलाई समावेश गरेका थिए। त्यसका केही दिनपछि नै उनले २३ सदस्यीय टोलीको घोषणा गरे। अल्मुताइरीले घोषणा गरेको टोलीमा नाम चलेका खेलाडीले स्थान बनाउन सकेका थिएनन्। यस क्रममा मनीष डाँगी, गौतम श्रेष्ठ, विशाल सुनार, आशिष लामा, कमल थापा, आयुष घलान र सुुरजज्यू ठकुरीलाई टोलीमा स्थान दिएपछि अल्मुताइरीको आलोचना भएको थियो।

अत्मुताइरीको भनाइ एउटै थियो, नेपालले विगतमा रक्षात्मक खेल्यो अब त्यो रणनीति परिवर्तन हुन्छ। त्यसका लागि उनले टोलीमा युवा खेलाडीलाई प्राथमिकतामा राखेको बताए। उनले आफ्नो दीर्घकालीन लक्ष्यका लागि युवा खेलाडी लिएको बताएका थिए।  

अल्मुताइरीले लिएको अट्याकिङ रणनीति कस्तो होला, उनले टोलीमा समावेश गरेका युवा खेलाडीको प्रदर्शन कस्तो होला सबै नेपाली फुटबल प्रेमीका लागि चासोको विषय बनेको थियो। नेपाल २० वर्षपछि इराकविरुद्ध शनिबार मैदानमा मैत्रीपूर्ण खेलका लागि न उत्रँदा त्यो स्वमम् अल्मुताइरीसँगै उनले लिएको नयाँ रणनीतिको परीक्षा थियो।

नेपालले शनिबार इराकविरुद्ध उत्कृष्ट प्रदर्शन गर्‍यो। अट्याकिङ फुटबल खेल्यो। यद्यपि गोलकिपर र रक्षकबीचको तालमेल अभावमा लगातार गोल व्यहोरेसँगै २–१ को अग्रताबाट नेपाल अन्तत ६–२ ले निराश हुन पुग्यो।

यसअघि फिफा वरीयताको ६८औं स्थानमा रहेको इराकसँग १ सय ७१औं स्थानको नेपालले यसअघि एसियन कप र विश्वकप छनोट चरणका खेल गरी तीन खेल खेलेको थियो। तीनै खेलको नतिजा इराकको पोल्टामा गएको थियो। नेपालले शनिबार इराकविरुद्ध उत्कृष्ट प्रदर्शन गर्‍यो। अट्याकिङ फुटबल खेल्यो। यद्यपि गोलकिपर र रक्षकबीचको तालमेल अभावमा लगातार गोल व्यहोरेसँगै २–१ को अग्रताबाट नेपाल अन्तत ६–२ ले निराश हुन पुग्यो।

खेलको साताैं मिनेटमा फ्रिकिकमा गोल खाएको नेपालका लागि त्यसको एक मिनेटपछि नै अन्जन विष्टले गोल गर्दै खेल बराबरीमा ल्याए। बराबरीपछि हौसिएको नेपाली टोलीका लागि २९औं मिनेटमा मनीष डाँगीले नेपाललाई अग्रता दिलाएका थिए। तर त्यसपछि लगातार रक्षापंक्तिमा गरेको गल्तीमा अन्ततः नेपाल घरेलु टोलीलाई नतिजा सुम्पिन बाध्य भएको थियो।

‘म यो हारको जिम्मेवारी लिन्छु। मेरो खेलाडीलाई दोष नदिनुहोला,’ अल्मुताइरीले इराकसँगको हारपछि भने, ‘टोली नयाँ रणनीतिमा अभ्यस्त हुँदै छ। यो पहिलो खेल थियो। टोलीले उच्च मनोबलका साथ खेल्यो। हामीले केवल १० दिन सँगै अभ्यास गरेका थियाैं। टोली नयाँ रणनीतिमा अभ्यस्त हुन अझै समय लाग्छ। म टोलीको प्रदर्शनबाट खुसी छु।’ मनीष नेपालका लागि डेब्यु खेलमै गोल गर्न सफल रहे। यससँगै उनी डेब्यु खेलमा गोल गर्ने तेस्रो खेलाडीसमेत भए। यसअघि हरि  

नेपालले शनिबार इराकविरुद्ध उत्कृष्ट प्रदर्शन गर्‍यो। अट्याकिङ फुटबल खेल्यो। यद्यपि गोलकिपर र रक्षकबीचको तालमेल अभावमा लगातार गोल व्यहोरेसँगै २–१ को अग्रताबाट नेपाल अन्तत ६–२ ले निराश हुन पुग्यो।

खड्का र वाइबी घलेले डेब्यु खेलमा गोल गरेका थिए। वाइबी घलेले एसियाली खेलकुदमा कुवेतविरुद्ध सन् १९८२ मा र हरि खड्काले १९९५ को सार्क गोल्डकपमा पाकिस्तानविरुद्ध गोल गरेका थिए। अखिल नेपाल फुटबल संघ (एन्फा) का लिग निर्देशक एवंम फुटबल विश्लेषक सञ्जीव मिश्रले इराकविरुद्ध नेपालले गरेको प्रदर्शनले खेलाडीहरू छोटो समयको तयारीका बावजुद पनि नयाँ प्रशिक्षकको नयाँ रणनीतिमा अभ्यस्त हुने संघारमा रहेको संकेत गरेको बताए।

‘सम्भवतः हामीले फिफा वरीयताको १ सयाैं वरीयताभित्रको टोलीसँग पहिलो पटक मैत्रीपूर्ण खेल खेलेको होला। बलियो टोली इराकविरुद्ध खेलाडीले जुन पोजेटिभ एटिट्युड देखाएका छन् यो नेपाली फुटबलका लागि सकारात्मक पक्ष हो,’ मिश्रले भने, ‘१–० ले पछि परेको स्थितिमा पुनरागमन गर्दै २–१ को अग्रता लिनु नै शनिबार इराकविरुद्धको खेलमा नेपालको सबैभन्दा ठूलो उपलब्धि हो।’ मिश्र अट्याकिङ रणनीतिमा अञ्जन र मनीषले न्याय गरे पनि मिडफिल्ड, रक्षापंक्ति र गोलकिपिङ भने निराशाजनक भएको बताए।  

‘नेपालले पहिलो गोल खाएको एक मिनेट नबित्दै गोल फर्कायो। मनीषले आफू क्षमतावान् खेलाडी भएको प्रमाणित गर्ने क्रममा नेपालाई अग्रता दिलाए। यो निकै सकारात्मक पक्ष हो,’ मिश्र भन्छन्, ‘तर त्यसपछि भने नेपालले विगतमा रक्षापंक्तिमा गर्ने गल्तीले निरन्तरता पाउँदा नतिजा सुम्पिन परेको हो। अञ्जन इराकका गोलकिपरसँग वान भर्सेस वानमा चुक्नु सम्भवतः हिजोको खेलको टर्निङ प्वाइन्ट हो।’

मिश्रले रोहित चन्द घाइते भएको र किरणले पनि गल्ती दोहोर्‍याएका कारण प्रशिक्षकले मैत्रीपूर्ण खेल भएकाले उनीहरूलाई बेन्चमा बोलाउँदै नयाँ खेलाडी मैदान प्रवेश गराउनुपर्ने भए पनि प्रशिक्षक अल्मुताइरीले त्यो जोखिम मोल्न नसकेको बताए। साथै उनले मिडफिल्डमा पुजन उपरकोटी, सन्तोष तामाङले पनि सोचेअनुरूप प्रदर्शन गर्न नसकेको बताए। उनले सुनिल बल र विशाल राई मैदान प्रवेश गरेपछि भने नेपालले ६–२ ले पछि परेको अवस्थामा पनि अन्तिम ९ मिनेट भने इराकमाथि आक्रमणको प्रयास जारी राखेको बताए।

शनिबार मैत्रीपूर्ण खेल खेलेको नेपाल उतैबाट कुवेत विश्वकप र एसियन कप छनोट खेल्न प्रस्थान गरेको छ। कुवेत बसाइमा विश्वकप छनोटको बाँकी खेलअन्तर्गत पहिलो खेल जेठ २० गते चाइनिज ताइपेईसँग खेल्नेछ। दोस्रो खेल जेठ २४ गते जोर्डन र जेठ २८ गते अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। समूह ‘बी’ अन्तर्गत पाँच खेल खेलेको नेपालको समूहतालिकामा ३ अंक छ। चाइनिज ताइपेईलाई २–० ले पराजित गरेको नेपाल चौथो स्थानमा छ। त्यस्तै १२ अंक जोडेको अस्ट्रेलिया शीर्ष स्थानमा छ। १० अंक जोडेको कुवेत दोस्रो स्थानमा छ। त्यसै गरी समान १० अंक जोडेको जोर्डन तेस्रो स्थानमा छ भने चाइनिज ताइपेई तालिकाको अन्तिम स्थानमा अंकविहीन छ।

प्रकाशित: १७ जेष्ठ २०७८ ०४:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App