coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ओलम्पिकका विजेता सुशिल कुमार हत्याको आरोपमा पक्राउ

दुई पटक ओलम्पिकका विजेता भारतीय पहलवान सुशिल कुमार आइतबार पक्राउ परेका छन्। उनको साथीको हत्याको अभियोगमा उनी पक्राउ परेका भारतीय सञ्चार माध्यमले जनाएको छ। फरार रहेका कुमार राजधानी दिल्लीमा पक्राउ परेका हुन्। २३ वर्षीय सागर रानाको मृत्यु भएपछि उनको साथीसंगै उनी पक्राउ परेका हुन्। सुशिलसंगै अजय कुमार पनि सोही अपराधमा पक्राउ परेका हुन्।  

दिल्लीका सहायक आयुक्तका अनुसार यही मे ४ मा सागर रानासहित ३ खेलाडीलाई सुशिल कुमारले अजय कुमारसंग मिलेर दिल्ली स्थित नेशनल क्यापिटल छत्रसल स्टेडियमा आक्रमण गरेका थिए। गम्भिर चोट लागेका सागर रानाको उपचारको क्रममा मृत्यु भएको हो। रानाकोे मृत्यु भएपछि कुमार उनको मित्र अजय कुमारसंग फरार रहेका थिए।  

सुशिल कुमार र उनको मित्र अजय कुमार फरार भएपछि उनीहरु बारे प्रहरीलाई जानकारी दिने र पक्राउ गर्न सहयोग गर्ने ब्यक्तिलाई रु १ लाख र रु ५० हजारको इनामसमेत घोषणा गरेका थिए।

दुबै आरोपी अहिले प्रहरी नियन्त्रणमा रहेका छन्। दिल्ली पुलिसले उनीहरुलाई मुंडका भन्ने स्थानबाट पक्राउ परेका हुन्।२० दिनपछि उनीहरु पक्राउ परेका हुन्।  

परिचित पहलवान सुशिल कुमारले २००८ मा भएको बेइजिंग ओल्मपिकमा तेस्रो स्थान र २०१२ मा भएको लन्डन ओलम्पिकमा दोस्रो स्थान हासिल गरेका थिए। उनी अहिलेसम्म ओलम्पिक खेलमा २ वटा पुरस्कार पाउने एक मात्र भारतीय नागरिक हुन्।

प्रकाशित: ९ जेष्ठ २०७८ १२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App