७ वैशाख २०८१ शुक्रबार
खेल

चेल्सी च्याम्पियन्स लिगनजिक

लेस्टर सिटीमाथि २–१ को रोमाञ्चक जित निकाल्दै चेल्सी मंगलबार प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिँदै शीर्ष चारको सम्भावना बलियो बनाएको छ। च्याम्पियन भइसकेको म्यानचेस्टर सिटी ब्राइटनसँग ३–२ ले पराजित भएको छ।  

चेल्सीसँग पराजित भएसँगै लेस्टरको शीर्ष चारको सम्भावना कमजोर भएको छ। एक खेल मात्र बाँकी रहेको अवस्थामा लेस्टरले अंक गुमाउन पुगेको हो। दुई खेल बाँकी रहेको लिभरपुलले लेस्टरलाई पछ्याइरहेको छ। लेस्टरको ३७ खेलबाट ६६ अंक छ भने लिभरपुलको ३६ खेलबाट ६३ अंक छ। चेल्सीले अन्तिम र लिभरपुलले बाँकी दुई खेलमा जित निकाले लेस्टरको शीर्ष चारको सम्भावना समाप्त हुनेछ।  

समर्थकहरू रंगशालामा फर्किएको मैदानमा चेल्सीले घरेलु मैदानमा सुखद नतिजा निकाल्दा दर्शकको स्वागत सुखदमय भएको छ। जारी सिजनमा दर्शकले पहिलो पटक रंगशालामा प्रवेश अनुमति पाएका हुन्। गत सिजनको डिसेम्बरपछि दर्शक पहिलो पटक रंगशलामा प्रवेश गरेका हुन्। रंगशालामा करिब ८ हजार दर्शकको उपस्थिति थियो। उपस्थित दर्शकलाई स्वास्थ्य मापदण्डको प्रोटोकलमा राखिएको थियो। यसअघि लेस्टर सिटीले एफए कपमा पराजित गरेको बदला चेल्सीले लिएको छ। एफए कपको फाइनलमा लेस्टरले चेल्सीमाथि १–० को जित निकाल्दै उपाधि उचाल्न सफल भएको थियो। यस पराजयले लेस्टरलाई ठूलो झड्का लागेको छ।  

निकै रोमाञ्चक भएको खेलमा चेल्सीलाई जिताउन एन्टोनियो रुडिगर र जर्गिन्होले एक÷एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा घरेलु मैदानमा चेल्सीका लागि सातौं मिनेटमा एन्टोनियो रुडिगरले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए। यसअघि पहिलो हाफमा चेल्सीले पेनाल्टी अवसर पाए पनि सदुपयोग गर्न चुकेको थियो। टिमो वेर्नेरले पेनाल्टी अवसरलाई गुमाउँदा चेल्सीले सुरुआती अग्रताको अवसर खेर फाल्न पुगेको थियो। ६६औं मिनेटमा चेल्सीले पुनः पेनाल्टीको अवसर पायो। जोर्गिन्होले पेनाल्टी अवसरलाई सदुपयोग गर्दै टोलीको अग्रता दोब्बर पारे। 

त्यसपछि खेलको ७६औं मिनेटमा केलिची इहिनाचोले एक गोल फर्काउँदै चेल्सीको अग्रता घटाए। बाँकी समयमा थप गोल हुन सकेन र चेल्सीले रोमाञ्चक जित दर्ता गर्दै शीर्ष चारको स्थान पक्का गर्न सफल भयो। प्रिमियर लिगकै अर्को खेलमा उपाधि पक्का गरेको सिटी तालिकाको १५औं स्थानमा रहेको ब्राइटनसँग स्तब्ध भयो। यससँगै सिटी पछिल्ला तीनमध्ये दुई खेलमा पराजित भएको छ। च्याम्पियन्स लिग फाइनलका लागि तयारीलाई तीव्रता दिइरहेको सिटी पराजित हुँदा टोलीमा मनोबल केही घटेको छ।  

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सिटीले सुरुआती अग्रता लिए पनि जोगाउन नसक्दा पराजित हुन पुगेको हो। दोस्रो मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। तर दशौं मिनेटमा जोआ क्यान्सेलोले रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि बाँकी समय सिटी १० खेलाडीमा सीमित भएको थियो। पहिलो हाफसम्म ब्राइटनलाई रोकेको सिटीले दोस्रो हाफमा भने गोल खान पुग्यो। कम खेलाडी भएको फाइदा उठाउँदै ब्राइटनले निरन्तर काउन्टरको प्रयास ग¥यो। तर पनि सफल हुन सकेन। 

४८औं मिनेटमा सिटीका फिल फोडेनले गोल गर्दै भ्रमणकारी टोलीको अग्रता दोब्बर बनाए। त्यसपछि रक्षात्मक देखिएको सिटीमाथि ब्राइटन पूरै हाबी भयो। ५०औं मिनेटमा ब्राइटनका लागि लिन्ड्रो ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई खेलमा फर्काउने संकेत दिए। २–१ को अवस्थामा पुगेको खेलको ७२औं मिनेटमा एडम वेबवेस्टरले गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो। कम खेलाडीको फाइदा उठाएको ब्राइटनले बराबरी गोलको चार मिनेटपछि गोल ग¥यो। डानिल बर्नले गोल गरेका थिए। बाँकी समयमा सिटी खेलमा फर्किन संघर्ष गरे पनि प्रयास व्यर्थ रहे।  

यस्तै प्रिमियर लिगको अर्को खेलमा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडले फुलह्यामसँग एक÷एक गोलको बराबरी खेल्दै अंक बाँड्यो। घरेलु मैदानमा लिएको सुरुआती गोलको अग्रता जोगाउन नसक्दा युनाइटेडले अंक बाँड्न पुगेको हो। युनाइटेडले १५औं मिनेटमा एडिन्सन काभानीको गोलबाट अग्रता लिएको थियो। निकै प्रतिस्पर्धात्मक बनेको खेलको ७६औं मिनेटमा जोय ब्रायनले गोल गर्दै फुलह्यामलाई १–१ गोलको बराबरीमा फर्काए। 

प्रकाशित: ६ जेष्ठ २०७८ ०४:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App