१६ चैत्र २०८० शुक्रबार
खेल

खेलकुद महासंघद्वारा प्रहरी कार्यालयलाई स्वास्थ्य सामग्री प्रदान

नेपाल खेलकुद महासंघले सुनसरीका प्रहरी कार्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा संक्रमित र मृत्यु हुनेको संख्या बढिरहँदा अग्रभागमा खटिने सुरक्षाकर्मीलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको हो।  

महासंघका केन्द्रीय स्थायी कमिटी सदस्य सुरेश कार्कीको नेतृत्वमा जिल्लाको विभिन्न  छ स्थानमा रहेका प्रहरी कार्यालयलाई  मास्क, सेनिटाईजर, सावुन, फेससिल्डलगायतका स्वास्थ्य सामाग्री प्रदान गरिएको हो।

खेलकुद महासंघले कोभिड : नो भिड भन्ने नाराका साथ देशका ७७ जिल्लामा स्वास्थ्य सामाग्री बितरण गर्ने कार्यक्रम तय गरेको छ।

महासंघको टोलीले इलाका प्रहरी कार्यालय पकलीलाई १ हजार थान मास्क, ५ लिटर सेनिटाईजर, १२ लिटर साबुन र ५ थान फेससिल्ड, इलाका प्रहरी कार्यालय चक्रघट्टी महेन्द्रनगरलाई १ हजार थान मास्क, ५ लिटर सेनिटाईजर, १२ लिटर साबुन, प्रहरी चौकी चतरालाई ४५० थान मास्क, ५ लिटर सेनिटाईजर र १० लिटर साबुन, प्रहरी चौकी भरौल कालाबञ्जर, प्रहरी चौकी नडाहा र बाङ्गेबजार प्रहरी चौकीलाई समान ५ सय थान मास्क, २ लिटर सेनिटाईजर, ६ लिटर साबुन प्रदान गरियो।

प्रकाशित: ३ जेष्ठ २०७८ १३:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App