coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

‘भारतमा आइपिएल हुने अवस्था छैन’

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)का अध्यक्ष सौरभ गांगुलीले देश कोरोना भाइरसको महामारीमा संघर्ष गरिरहँदा स्थगित इन्डियन प्रिमियर लिग (आइपिएल) भारतमा हुन नसक्ने बताएका छन्।

खेलाडी कोरोनाबाट संक्रमित हुन थालेपछि मध्य सिजनमा पुगेको आइपिएल गत साता मात्र स्थगित भएको थियो। पछिल्ला समय महामारीबाट भारतमा दैनिक चार हजार मानिसले ज्यान गुमाइरहँदा चार लाख संक्रमित भएका छन्। बिसिसिआईका अध्यक्ष गांगुलीले न्युजिल्यान्डविरुद्ध हुने विश्व टेस्ट च्याम्पियनसिपको फाइनल अगाडि आइपिएल पुनः सञ्चालन नहुने पनि स्पष्ट पारेका छन्। टेस्ट च्याम्पियनसिपको फाइनल आगामी जुन १८ मा इङ्ल्यान्डमा हुँदै छ।  

साथै विराट कोहली नेतृत्वको भारतले आगामी महिनादेखि निकै व्यस्त अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि सहभागिता जनाउनेछ। भारतीय टोली विश्व च्याम्पियनसिपका लागि आगामी जुनको सुरुआतमै इङ्ल्यान्ड जानेछ। त्यसपछि जुलाईमा श्रीलंका भ्रमण सकिए लगत्तै भारतले अगस्ट–सेप्टेम्बरमा इङ्ल्यान्डसँग पाँच खेलको टेस्ट शृंखला खेल्नेछ।  

यस सिजनको आइपिएलमा ३१ खेल बाँकी छन् र सेप्टेम्बरमा सिजन सुचारु हुन सक्ने अनुमान गरिएको छ। गत वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न आइपिएलको बाँकी यस सिजन सञ्चालनका लागि विभिन्न देशले प्रस्ताव राखिरहेका छन्। तर, बिसिसिआई अहिले नै उक्त प्रस्तावबारे धारण राख्न चाहिरहेको छैन। आइपिएल स्थगित हुनुअघि बायो सेक्युर बबल्समा बसेका १० भन्दा बढि खेलाडी र स्टाफ कोरोनाबाट संक्रमित भएका थिए। त्यसैले महामारीकै अवस्थामा भारतमा आइपिएल फर्किन सम्भावना न्युन नै छ। न्युजिल्यान्डका विकेटकिपर टिम सेइफर्ट र चेन्नई सुपर किङ्सका प्रशिक्षक माइकल हसी अझै पनि भारतमै कोरोना संक्रमणबाट निको भइसकेका छैनन्।

प्रकाशित: २९ वैशाख २०७८ ०२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App