coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

क्षितिजलाई बुद्धिचालको उपाधि

फिडे मास्टर क्षितिज भण्डारीले आइतबार विजयकुमार थापा स्मृति अनलाइन बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्। क्षितिजले आइतबार नवौं चरणको खेलमा सुनसरीका तीर्थ सुब्बालाई हराउँदै साढे आठ अंकसहित उपाधि उचालेका हुन्। 

मोरङ जिल्ला बुद्धिचाल संघका पूर्वअध्यक्ष एवम् फिडे आर्बिटर विजयकुमार थापाको स्मृतिमा यस प्रतियोगिता आयोजना गरिएको थियो। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा भएको प्रतियोगितामा अस्ट्रेलियामा रहेका हिमाल लामा साढे ७ अंक बटुल्दा दोस्रो स्थानमा रहे। उनले अन्तिम चरणको खेलमा नेपाल पूर्वच्याम्पियन केशव श्रेष्ठलाई हराएका थिए।

काठमाडौंका सुदीप तामाङ र हेराकाजी महर्जनले समान सात अंक जोडे पनि प्रोग्रेसिभ अंकका आधारमा तामाङ तेस्रो भए। सुदीपले नवौं चरणको खेलमा फिडे मास्टर मनीष हमालमाथि जित दर्ता गरेका थिए। चौथोदेखि दशौं स्थानसम्म क्रमशः हेराकाजी महर्जन, थापाथली चेस पार्क क्लबका रञ्जित राई, मकवानपुरका कृष्ण थापा, सुनसरीका तीर्थ सुब्बा, कैलालीका दीर्घराज जोशी र काठमाडौंका पुरुषोत्तम सिलवाल रहे। महिलातर्पm वर्तमान नेपाल च्याम्पियन सुजना लोहनीले उपाधि जितिन्।  

झापाका कृपा अधिकारी दोस्रो र सिन्दिरा जोशी तेस्रो भइन्। १८०० मुनि रेटेडमा रोशन श्रेष्ठ र १६०० मुनिमा सुशील गुरुङ उत्कृष्ट ठहरिए। कोरोना संक्रमणका कारण जीवन गुमाएका थापाको स्मृतिमा सम्पन्न प्रतियोगितामा कुल १ सय ३६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताका उत्कृष्ट १९ जना खेलाडीले नगद पुरस्कार पाउनेछन्। 

प्रकाशित: २७ वैशाख २०७८ ०४:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App