६ वैशाख २०८१ बिहीबार
खेल

इन्डियन प्रिमियर लिग: विलियम्सनलाई कप्तानी

इन्डियन प्रिमियर लिग (आइपिएल) को टोली सनराइजर्स हैदरावादले अस्ट्रेलियाका डेविड वार्नरलाई कप्तानीबाट हटाएर न्युजिल्यान्डका केन विलियम्सनलाई त्यसको जिम्मेवारी दिएको छ।  

अघिल्लो ६ खेलमा कप्तानको जिम्मेवारी सम्हालेका डेविड वार्नरको स्थानमा विलियम्सनलाई त्यसको जिम्मेवारी दिएको सनराइजर्सले जनाएको हो। सनराइजर्सले जारी सिजनको बाँकी खेलमा विलियम्सनलाई नेतृत्व दिने शनिबार निर्णय गरेको थियो। गत बुधबार चेन्नई सुपर किङ्ससँग सात विकेटले स्तब्ध भएसँगै वार्नरले हारको जिम्मेवारी लिएका थिए। त्यससँगै उनको स्थानमा विलियम्सनलाई जिम्मेवारी दिइएको बुझिएको छ।  

जारी सिजनको आइपिएलमा खराब नतिजाबाट गुज्रिरहेको सनराइजर्स हाल दुई अंकसहित अंकतालिकाको पुछारमा छ। सनराइजर्सले ६ खेलबाट एक खेलको मात्र नतिजा आफ्नो पक्षमा पार्दा पाँच खेलको नतिजा सुम्पिएको छ। ‘सनराइजर्सले जारी सिजनको आइपिएलमा बाँकी रहेका खेलका लागि केन विलियम्सनलाई कप्तानको जिम्मेवारी दिने निर्णय गरेको छ,’ सनराइजर्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘टिम व्यवस्थापनमा पनि वार्नरको स्थानमा विलियम्सनलाई जिम्मेवारी दिने पक्षमा छौं।’  

सनराइजसले सातौं खेल आइतबार दिल्लीमा राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दै छ। यस अघिका ६ खेलमा कप्तानको जिम्मेवारी सम्हालेका वार्नरले कुल १ सय ९३ रन मात्र जोडेका छन्, जुन टोलीका लागि निकै निराशाजनक प्रदर्शन हो। गत बुधबार चेन्नई सुपर किङ्ससँग सात विकेटले हार बेहोर्दा वार्नरले अर्धसतकीय इनिङ खेलेका थिए। अन्य खेलमा भने उनको प्रदर्शन सम्झनलायक रहेन। सनराइजर्सले एक मात्र जित पञ्जाब किङ्माथि निकालेको थियो।

प्रकाशित: १९ वैशाख २०७८ ०६:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App