८ वैशाख २०८१ शनिबार
खेल

पोखरा स्पोर्ट्स अवार्ड स्थगित

आगामी सोमबार आयोजना हुने तयारी गरिएको पोखरा स्पोर्ट्स अवार्ड दोस्रोपटक स्थगित हुन पुगेको छ । कोरोना भाईरसको दोस्रो लहरसँगै निषेधाज्ञा लगाइएपछि पाँचौ पोखरा स्पोर्ट्स अवार्ड स्थगित गरिएको खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । गत वर्षपनि चैतमा आयोजना गर्ने तयारी गरिरहँदा कोरोना भाईरसकै कारण लकडाउन भएपछि स्थगित गरिएको थियो ।  

मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीका अनुसार नयाँ भेरियन्टको संक्रमण फैलिरहँदा स्वास्थ्यप्रतिको गम्भीरतालाई ध्यानमा राख्दै अवार्ड अर्को सूचना नभईन्जेलसम्म स्थगित गरिएको छ । मञ्चले खेल पत्रकारलाई स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित साथ सञ्चारकर्ममा लाग्न समेत आग्रह गरेको छ । मञ्चले आगामी बैशाख २० गते विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रदान गरिने भनिएको स्पोर्ट्स अवार्डमा खेलाडीहरुको मनोनयन समेत सार्वजनिक गरिसकिएको थियो ।  

पाचौं पोखरा स्पोर्टस अवार्ड २०७७ मा वर्ष पुरुष खेलाडीहरुमा कराँतेका नवीन रसाइली, टेबलटेनिसका विनेश खनिया र फुटबलका सुमन अर्याल मनोनयनमा परेका छन् । वर्ष महिला खेलाडीमा साइक्लिङकी जमुना थापा, तेक्वान्दोकी पार्वती गुरुङ र तेक्वान्दोकै प्रशंसा क्षेत्री मनोनयनमा परेका छन् ।  

वर्ष उत्कृष्ट उदीयमान खेलाडीमा स्वीमिङकी दुवाना लामा, लनटेनिसका प्रदीप खड्का र क्रिकेटका विपिन खत्री मनोनयनमा परेका छन् । वर्ष उत्कृष्ट प्रशिक्षकमा पौडीका आनन्द कुँवर, फुटबलका किरण श्रेष्ठ र बक्सिङका सुरेश मल्ल ठकुरी मनोनयनमा परेका हुन् । यो वर्ष वर्ष पुरुष तथा महिला खेलाडीलाई नगद २ लाख रुपैयाँ प्रदान गरिने छ । अन्य विधालाई नगद ३५ हजार रुपैयाँ प्रदान गरिने छ ।

प्रकाशित: १७ वैशाख २०७८ ०८:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App