७ वैशाख २०८१ शुक्रबार
खेल

उत्कृष्ट खेलाडी थापालाई स्कुटर हस्तान्तरण

अप्रिला स्कुटर हस्तान्तरणपछि प्रबन्ध निर्देशक अनुजकुमार बास्तोला, राजुबावु थापा तथा सहारा क्लबका पदाधिकारीहरु । तस्बिर: नागरिक

गत चैतमा सम्पन्न १९ औं संस्करणको आहा रारा गोल्डकपका सर्वोत्कृष्ठ खेलाडी राजाबावु थापालाई अप्रिला स्कुटर हस्तान्तरण गरिएको छ।

गोल्डकपमा संकटाका गोलकिपर थापा उत्कृष्ट घोषित हुँदैं स्कुटर प्राप्त गरेका थिए। स्कुटर सोमबार मात्रै हस्तान्तरण गरिएको हो। सिताज लाईफस्टाइलका प्रबन्ध निर्देशक अनुजकुमार बास्तोलाले सर्वोत्कृष्ट खेलाडी घोषित थापालाई स्कुटर हस्तान्तरण गरेका हुन्। अप्रिलाले गोल्डकपको लागि सर्वोत्कृष्ट खेलाडीको प्रायोजन गर्दै स्कुटर प्रदान घोषणा गरेको थियो।  

अफ्रिकन रुट्स एशोसियसनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै संकटाले पहिलो पटक आहा रारा गोल्डकपको उपाधि उचालेको हो। छैटौं सहभागितामा संकटाले उपाधि उचाल्न अफ्रिकन रुट्सको चुनौतिलाई पेनाल्टी सुटआउटमा पन्छाएको थियो। पेनाल्टी सुटआउटमा संकटाका गोलकिपर राजाबावु थापाले अफ्रिकन खेलाडीको एक पेनाल्टीलाई बचाउ गरेपछि उपाधि पक्का भएको थियो। अफ्रिकन रुट्स भने पोखरामा आयोजित आहा रारा गोल्डकप खेल्न पहिलो पटक आईपुगेको हो।  

स्कुटर हस्तान्तरणमा सहारा क्लबका अध्यक्ष केशवबहादुर थापा, पुर्व अध्यक्ष विक्रम थकाली, उपाध्यक्ष हरिराम गुरुङ लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: १३ वैशाख २०७८ १३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App