coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपालद्वारा मलेसिया पराजित

नेपालले मलेसियालाई पराजित गर्दै त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको अन्तिम लिग खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरी शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो। नेपालले दिएको २१८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको मलेसियाले १९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १४८ रनमा समेटियो।  

मलेसियाका अमिनुद्दीन राम्लीले १८ बलमा ५ छक्का र १ चौकासहित सर्वाधिक ४१ रनको योगदान दिए। त्यस्तै कप्तान अहमद फाइजले ३१, विरनदीपसिंहले १३, फ्टिी सामले १४ तथा मोहम्मद वाफिकले १२ रन बनाए।

बलिङतर्फ नेपालका कमलसिंह ऐरी, सन्दीप लामिछाने र सोमपाल कामीले समान तीन ÷तीन विकेट लिए भने सुसन भारीले एक विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २१७ रन बनाएको थियो।  

नेपालका लागि करण केसीले सर्वाधिक ४५ रनको योगदान दिए। आसिफ शेखले ४२ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्लले ४१ रन बनाए। त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३३, कुशल मल्लले १९, कुशल भुर्तेलले १६ तथा विनोद भण्डारीले ८ रन जोडे।  

बलिङतर्फ मलेसियाका फ्रिटी साम, अनवार रहमान र सैद अजिजले २–२ विकेट लिए। नेपालले ४ खेलमा ३ जीत र १ मा हारसहित ६ अङ्क जोड्दै लिगको शीर्ष स्थानमा रह्यो। नेपालले पहिलो खेलमा नेदरल्यान्ड्स र दोस्रो खेलमा मलेसियालाई ९–९ विकेटले हराएको थियो। नेदरल्यान्ड्सँग दोस्रो खेलमा ३ विकेटले पराजित भएको थियो।

त्यसैगरी नेदरल्यान्ड्स ४ खेलमा २ मा जीत, १ मा हार र १ मा बराबरीका साथ ५ अङ्कका साथ दोस्रो स्थानमा रह्यो। मलेसिया ४ खेलमा ३ हार र १ मा बराबरीका साथ १ अङ्क जोड्दै पुछारमा रह्यो। अब नेपाल र नेदरल्यान्ड्सवीचको फाइनल खेल शनिबार हुनेछ।

प्रकाशित: ९ वैशाख २०७८ १४:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App