८ वैशाख २०८१ शनिबार
खेल

नेपाल सुपर लिगमा लुम्बिनी फुटबल क्लब सहभागी हुने

नेपाल सुपर लिगमा आफनो क्लब सहभागी हुने सम्बन्धमा जानकारी दिदै लुम्बिनी फुटबल क्लबका अध्यक्ष राजकुमार तिमिल्सिना, टिम निर्देशक राजुकाजी शाक्य लगायत

बैशाख ११ गते देखि काठमाडौंमा सुरु हुने नेपाल सुपर लिग फुटवलमा लुम्बिनी फुटबल क्लब (बिएलएफसी) ले भाग लिने भएको छ । नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्ट प्रा.लिको आयोजनामा हुन लागेको सुपर लिगको उपाधी जित्ने गरी क्लबले प्रतियोगीतामा भाग लिने तयारी गरेको जनाइएको छ । क्लबले बुटवलमा पत्रकार सम्मेलन गरी काठमाडौंमा हुने सुपर लिगकालागि आफ्नो टिमको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।  

क्लबले खेलप्रेमी दर्शकको मन जितेर उत्कृष्ट प्रदर्शन सहित जित हासिल गर्न  टिम निर्देशकमा राजुकाजी शाक्य,प्रशिक्षकमा सनोज श्रेष्ठ लगायतलाइ नियुक्त गरेर तयारी अगाडी बढाइएको क्लबका अध्यक्ष राजकुमार तिमिल्सिनाले बताए । प्रतियोगितामा उत्कृष्ण प्रदशृनकलागि टिम कोच,टिम म्यानेजर,मार्की प्लेयर लगायतका खेलाडी छनौटको काम सकिएको उनले जानकारी दिए । उनले आफुहरु व्यवसायिक घरानाको नभइ खेलाडीहरुको विकासमा सर्मपित व्यवसायिक क्लब भएकाले खेल र खेलाडीको विकास र प्रबद्र्धनमा हातेमालो गरी सहयोग गर्न आग्रह गरे ।  

टिम निर्देशक राजुकाजी शाक्यले सुपर लिगमा बिएलएफसीको तर्फबाट जोडीन पाउँदा उत्साहित बनेको बताए । प्रतियोगीतामा  सहभागी हुने क्लबका खेलाडीहरु क्षमताबान र उर्जाबान भएकाले जितकालागि आफुहरु विश्वस्त  रहेको शाक्यले बताए । प्रतियोगीतामा ७ वटा टिमले सहभागीता जनाउदैछन । 

प्रकाशित: ८ वैशाख २०७८ १२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App