१६ चैत्र २०८० शुक्रबार
खेल

एनएसलमा निभियाको बल

आगामी शनिबारबाट आयोजना हुन लागेको नेपाल सुपर लिग (एनएसएल) ले बल पार्टनरका रूपमा निभियालाई जोडेको छ। राजधानीमा भएको एक कार्यक्रममा एनएसएलका अध्यक्ष आश्रयता कार्की चौधरी र निभियाका नेपाल प्रतिनिधि किशोर थापरबीच सम्झौतापत्रमा हस्ताक्षर भयो। 

सम्झौतासँगै अब एनएसलमा निभियाको बल प्रयोग हुने भएको छ। निभियाले सहभागी टोलीले अभ्यासका लागि यसअघि नै बल उपलब्ध गराइसकेको छ। सम्झौता कार्यक्रमपछि बोल्दै एनएसएलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदीप शर्माले प्रतियोगितामा जोडिएसँगै निभिया नेपाली फुटबलमा फर्किएको प्रतिक्रिया दिए। ‘निभियासँग जोडिन पाउँदा खुसी लागेको छ। यो बल नेपालबाहेक भारतलगायतका अन्य दक्षिण एसियाली राष्ट्रमा प्रयोग भएको छ,’ एनएसएलका सिइओ शर्माले भने, ‘निभिया नेपाली फुटबलमा पुनः फर्किएको छ।’

यस्तै निभियाका प्रतिनिधि किशोर थापरले अफिसियल बल पार्टनरका रूपमा नेपालको पहिलो फ्रेन्चाइज लिगमा जोडिन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए। नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गरेको पहिलो संस्करणको लिगमा ७ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग वैशाख ११ देखि जेठ १० गतेसम्म चल्नेछ। 

प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ। लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन। अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउन्ड रोबिनको आधारमा हुनेछ। लिगमा कुल २५ खेल हुनेछन्।

प्रकाशित: ८ वैशाख २०७८ ०४:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App