coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

जुनियर क्रिकेट लिग: नेक्सस र ओसिसलाई सफलता

नेक्सस क्रिकेट एकेडेमी र ओसिस क्रिकेट एकेडेमीले एभरफन एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग–२ मा आइतबार सफलता पाएका छन्।

नेक्ससले जिएचसिए ‘ए’ लाई ७ विकेटले पराजित गर्‍यो। पहिले ब्याटिङ गरेको जिएचसिए ‘ए’ ले निर्धारित २० ओभरमा पूरै विकेट गुमाउँदै १ सय २१ रनको योगफल तयार पार्‍यो। किसन गुप्ताले २१ तथा अनुभव खनाल र निखिल कार्कीले समान २० रन जोडे। 

नेक्ससका जेस सर्राफ र निकेश खड्काले २/२ विकेट लिए। नेक्ससले १७ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेटाउने क्रममा १ सय २७ रन बनायो। अधिराज बरालले ३५ तथा दिव्यांशु भुसालले ३२ रन प्रहार गरे। जिएचसिए ‘ए’ का अञ्जुल श्रेष्ठ, किसन गुप्ता र असम मगरले १/१ विकेट चट्काए। नेक्ससका दिव्यान्शु ‘म्यान अफ दी म्याच’ घोषित भए।

अर्को खेलमा ओसिसले आयोजक एन्जल्स हार्ट माविलाई सहजै १० विकेटले हरायो। एन्जल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६० रन बनायो। एन्जल्सका सक्षमराज श्रेष्ठले २१ तथा दिवस लामिछानेले ९ रन जोडे। जबाफमा ओसिसले मात्र ४ ओभरमा कुनै विकेट नगुमाई ६४ रन जोड्दै जित हात पार्‍यो। संयम नेपाल र रोहित शर्माले समान ३१ रन बनाए। चार ओभर बलिङ गर्दै सात रन खर्चिएर चार विकेट लिएका ओसिसका श्लोक न्यौपाने म्यान अफ दी म्याच चुनिए।

प्रकाशित: ६ वैशाख २०७८ ०५:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App