८ वैशाख २०८१ शनिबार
खेल

ट्वान्टी–२० क्रिकेट: डोडको पहिलो शतक

म्याक्स ओ डोडले नेदरल्यान्डका लागि ट्वान्टी–२० क्रिकेटकै पहिलो शतक प्रहार गरेको दिन डच टोलीले आइतबार मलेसियामाथि १५ रनको जित निकाल्दै जारी त्रिकोणात्मक क्रिकेट शृंखलामा पहिलो सफलता निकालेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा १ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभर नै खेल्दै ८ विकेटको क्षतिमा १ सय ७६ रन मात्र बनाएपछि नेदरल्यान्डले शृंखलाको दोस्रो खेलमा पहिलो सफलता निकालेको हो। नेदरल्यान्डले पहिलो खेलमा घरेलु टोली नेपालसँग लज्जापूर्ण हार बेहोरेको थियो। साथै डोडले नटआउट १ सय ३३ रनको इनिङ खेल्दा डच क्रिकेट इतिहासकै पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय शतक बनेको थियो।  

यसअघि कप्तान पिटर सिलारले नेदरल्यान्डको ट्वान्टी–२० क्रिकेट इतिहासमा सर्वाधिक नटआउट ९६ रनको कीर्तिमान बनाएका थिए। २० रनमा तीन विकेट पतनको अवस्थाबाट वीरनदीप सिंहले उत्कृष्ट ब्याटिङ गर्दै मलेसियालाई जितको आशा दिलाए पनि नेदरल्यान्डले जित निकाल्यो। अन्तिम दुई ओभरमा बाँकी छँदा मलेसियालाई ३७ रन आवश्यक थियो। तर, वीरनदीपले १९औं ओभरको पहिलो दुई बलमा सेबास्टियन ब्राटलाई लगातार दुई छक्का प्रहार गर्दै नेदरल्यान्डलाई दबाबमा राखे। उनले तेस्रो बलमा दुई रन बटुलेपछि मलेसियालाई अन्तिम ९ बलमा २३ रन आवश्यकता थियो।  

यद्यपि, चौथो बलमा ठूलो सट खेल्ने प्रयासमा उनी क्याच भए। यससँगै वीरनदीपको इनिङ ८७ रनमा सकिँदा मलेसियाको जित आशा पनि समाप्त भएको थियो। त्यसअघि मलेसियाका शीर्ष तीनले दोहोरो अंकमै रन बटुल्न नसक्दा सार्भिन मुनियन्डी २८ रन र अमिनुद्दिन राम्लीले २६ रनको योगदान दिएका थिए। मलेसियाका कप्तान अहमद पैmजसहित सात खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्। नेदरल्यान्डको बलिङमा आर्यन दत्त, बास डी लिडे र ब्राटले २÷२ विकेट लिए। त्यसअघि म्याक्स ओ डोडले ५९ बलमै शतक पूरा गर्दा नेदरल्यान्डले २० ओभरमा दुई विकेट मात्र गुमाउँदै १ सय ९१ रनको विशाल योगफल तयार पारेको थियो।

मलेसियन बलरमाथि हाबी भएका ओपनर डोडले ७३ बलमा १५ चौका र ६ छक्का हिर्काए। २.१ ओभरमा अर्का ओपनर टोबियस भिसे १ रनमै पवेलियन फर्किए पनि डोडले अर्को छेउबाट इनिङ समाले। डोडले दोस्रो विकेटका लागि स्कट इडवार्ड (३१ रन) सँग ४९ रन र तेस्रो विकेटका लागि बेन कुपर (२० रन) सँग नटआउट १ सय २५ रनको साझेदरी गरेका थिए। मलेसियाका पवनदीप सिंह र अनवार रहमानले १÷१ विकेट लिँदा अन्य बलर विकेटविहीन रहँदै महँगा साबित भए। नेपालले दोस्रो खेलमा सोमबार मलेसियाविरुद्ध चुनौती प्रस्तुत गर्नेछ।

प्रकाशित: ६ वैशाख २०७८ ०५:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App