coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

केनको चोटले टोटेनह्याम चिन्तित

प्रिमियर लिगमा शुक्रबार एभर्टनसँग २–२ को बराबरीमा रोकिएको टोटेनह्यामलाई फरवार्ड ह्यारी केनको चोटले चिन्तित बनाएको छ। अर्को साता केनको टोली टोटेनह्यामले अप्रिल २५ मा म्यानचेस्टर सिटीसँग लिग कप फाइनल खेल्दै छ। कुर्कुच्चामा चोट देखिएका केनको कारणले टोटेनह्यामलाई चिन्ता भएको हो। एभर्टनको घरेलु मैदानमा भएको खेलमा टोटेनह्यामले सुरुआती अग्रता लिए पनि कायम राख्न नसक्दा अंक गुमाउन पुगेको हो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको २७औं मिनेटमा केनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसको चार मिनेटपछि एभर्टनका गिल्फी सिगार्डसनले पेनाल्टीबाट गोल गर्दै घरेलु टोलीलाई बराबरीको अवस्थामा ल्याएका थिए। त्यसपछि पहिलो हाफ १–१ को बराबरीमा सकियो। ६२औं मिनेटमा सिगार्डसनले गोल थप्दै टोलीलाई अग्रता दिलाए।

 ६८औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोलीलाई हारबाट जोगाए। चोट बोकेका ह्यारी केनलाई अन्तिम मिनेटमा प्रतिस्थापन गर्दै डेले एली मैदान पसेका थिए। टोटेनह्यामको ३१ खेलबाट ५२ अंक र एभर्टनले एक खेल बढी खेलेर ५० अंक जोडेका छन्। टोटेनह्याम तालिकाको सातौं स्थानमा छ भने एभर्टन एक स्थानमुनि आठौंमा छ। शनिबारकै अर्को खेलमा चौथो स्थानको वेस्ट ह्याम युनाइटेड १५औं स्थानको न्यु क्यासल युनाइटेडसँग ३–२ ले पराजित भएको छ। ३६औं मिनेटमा भ्रमणकारी टोली वेस्ट ह्यामका क्रेक डसन दोहोरो पहेँलो कार्डको दर्शन गर्दै  

मैदानबाट बाहिरिए थिए। १० खेलाडीमा सीमित भएको टोलीविरुद्ध घरेलु टोलीले बराबरीको अवस्थाबाट जित निकालेको हो। इसा डियोपको उपहार गोलबाट न्यु क्यासलले अग्रता पाएको थियो। ४१औं मिनेटमा जोलिन्टनले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए। उपहार गोल दिएका इसा डियोपले ७३औं मिनेटमा गोल गर्दै अन्तर घटाए। ८०औं मिनेटमा जिसस लिंगार्डले गोल गर्दै खेल २–२ को अवस्थामा ल्याए। तीन मिनेटपछि न्यु क्यासलका जोसेप विल्लकले गोल गर्दै भ्रमणकारी टोलीविरुद्ध पुनः अग्रता लिए।

प्रकाशित: ५ वैशाख २०७८ ०४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App