८ वैशाख २०८१ शनिबार
खेल

एसआरए स्क्वासमा हिराकाजी च्याम्पियन

स्क्वास र्याकेट्स एशोसिएसन कास्कीले आयोजना गरेको प्रथम एसआरए स्क्वास प्रतियोगितामा हिराकाजी श्रेष्ठ च्याम्पियन बनेका छन् । उनी स्क्वासका पूर्व राष्ट्रिय खेलाडी समेत हुन् ।  

समुह ‘ए’ तर्फ प्रविन पालिखेलाई ३–० को सोझो सेटमा पराजित गर्दै हिराकाजी च्याम्पियन बनेका हुन् । ११–५, ११–६, ११–९ को सेटमा पराजित गरेका थिए । त्यसैगरी महिला तर्फको उपाधि करिष्मा ओलीले जितिन् । उनले सलिनीलाई २–० को सोझो सेटले पराजित गर्दै करिस्मा ओली च्याम्पियन बनिन् ।  

पोखरा रङ्गशालास्थित स्क्वास कोर्टमा फाईनल खेलमा समूह बी अन्तर्गत धर्मराज सुवेदीलाई ३–२ सेटले पराजित गर्दै सुशान्त गाहामगर च्याम्पियन बनेका हुन् ।

प्रतिस्पर्धात्मक बनेको फाईनल खेलको पहिलो सेट सुवेदीले ११–५ को नतिजा सहित जिते । दोस्रो सेट पनि सुवेदीले नै १४–१२ मा जिते । अर्काे सेटबाट गाहा मगरले खेल सुधार्दै लगातार तीन सेट जित्दै उपाधि रक्षा गरे । उनले तेस्रो सेट ११–५, चौथो सेट ११–२ र अन्तिम सेट ११–५ को नतिजा सहित जित निकाले । गाहामगरले उपाधि सहित स्वर्ण पदक प्राप्त गरे । तेस्रो बनेका विष्णुहरी र शंकर भण्डारीद्वयले काश्य पदक प्राप्त गरे ।

समुह ‘ए’, ‘बि’ र महिला तर्फ गरी सो प्रतियोगितामा कुल ४० खेलाडीको सहभागिता रहेको थियो । विजेता तथा उपविजेताहरुलाई पुरस्कार वितरण गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले स्क्वास खेलमा युवा खेलाडीहरुलाई समाहित गर्दै लैजान सुझाव दिए ।  

उनले विजेता तथा उपविजेता खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि विभिन्न खालका प्रतियोगिताहरु सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । आर्थिक मामिला मन्त्री किरण गुरुङ स्वयं स्क्वास प्रतियोगितामा प्रतियोगिको रुपमा उत्रिएका थिए । उनले पोखरामा राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्नको लागि स्क्वास र्याकेट्स एशोसियसन कास्कीलाई सुझाव दिदै प्रदेश सरकारको तर्फबाट पनि सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गरेका थिए । राष्ट्रिय खेलकुद परिषदका सदस्य सम्पन्न श्रेष्ठ, अन्नपूर्ण गाउँपालिका प्रमुख युवराज कुँवर लगायतले शुभकामना व्यक्त गरेका थिए । 

प्रकाशित: ४ वैशाख २०७८ ०८:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App