७ वैशाख २०८१ शुक्रबार
खेल

जिल्ला लिग बैशाख ११ गतेदेखि

खोटाङमा आगामी बैशाख ११ गतेदेखि जिल्ला लिग फुटबल प्रतियोगिता हुने भएको छ। यसअघि बैशाख १० गते (ए) र (बि) डिभिजन लिग फुटबल प्रतियोगिता उद्घाटन गर्ने फिक्चर सार्वजनिक गरेको आयोजक जिल्ला फुटबल संघले उद्घाटन मिति एक दिनपछि सारेको हो। जिल्ला लिग ठिक बिहान १० बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले उद्घाटन गर्ने कार्यक्रम छ।  

(ए) डिभिजन लिग फुटबल प्रतियोगिता बैशाख ११ गतेदेखि १५ गतेसम्म र (बि) डिभिजन लिग फुटबल प्रतियोगिता बैशाख १६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने जिल्ला फुटबल संघका प्रवक्ता सनम राई (जोजो)ले जानकारी दिए। यसपल्टको (ए) र (बि) डिभिजन लिग फुटबल प्रतियोगिता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा राजाबासस्थित यलम्बर खेलमैदानमा सञ्चालन हुने जिल्ला फुटबल संघले जनाएको छ।  

जिल्ला फुटबल संघका अनुसार (ए) डिभिजन अन्तर्गत बैशाख ११ गते बिहान ११ बजे खोटाङ फुटबल एकेडेमी र बाक्सिला फुटबल क्लवबीच, दिउँसो १ बजे सोल्मा स्पोर्टस् क्लव र खारम्बु स्पोर्टस् क्लवबीच तथा दिउँसो ३ बजे खोटाङ भगवती स्पोर्टस् क्लव र हलेसी तुवाचुङ फुटबल क्लवबीच खेल हुने छ। यस्तै, बैशाख १२ गते बिहान ११ बजे बाक्सिला फुटबल क्लव र हलेसी तुवाचुङ फुटबल क्लवबीचमा, दिउँसो १ बजे खारम्बु स्पोर्टस् क्लव र खोटाङ भगवती स्पोर्टस् क्लवबीच तथा दिउँसो ३ बजे खोटाङ फुटबल एकेडेमी र सोल्मा स्पोर्टस् क्लवबीचमा खेल हुने फुटबल संघका प्रवक्ता राईले जानकारी दिए। बैशाख १३ गते बिहान ११ बजे खोटाङ भगवती स्पोर्टस् क्लव र सोल्मा स्पोर्टस् क्लवबीच, दिउँसो १ बजे खोटाङ फुटबल एकेडेमी र हलेसी तुवाचुङ फुटबल क्लवबीचमा तथा दिउँसो ३ बजे बाक्सिला फुटबल क्लव र खारम्बु स्पोर्टंस् क्लवबीचमा प्रतिष्पर्धा हुने निर्धारित तालिकामा उल्लेख छ।  

यस्तै, बैशाख १४ गते बिहान ११ बजे खोटाङ फुटबल एकेडेमी र खोटाङ भगवती स्पोर्टस् क्लवबीच, दिउँसो १ बजे बाक्सिला फुटबल क्लव र सोल्मा स्पोर्टस् क्लव तथा दिउँसो ३ बजे हलेसी तुवाचुङ फुटबल क्लव र खारम्बु स्पोर्टस् क्लवबीच खेल हुने छ । बैशाख १५ गते बिहान ११ बजे सोल्मा स्पोर्टस् क्लव र हलेसी तुवाचुङ फुटबल क्लवबीच, दिउँसो १ बजे खोटाङ फुटबल एकेडेमी र खारम्बु स्पोर्टस् क्लवबीच तथा दिउँसो ३ बजे बाक्सिला फुटबल क्लव र खोटाङ भगवती फुटबल क्लवबीच खेल हुने संघले जनाएको छ ।  

(बि) डिभिजन अन्तरगत बैशाख १६ गते दिउँसो १ बजे जन्तेढुंगा फुटबल क्लव र बुईपा एलाभेन स्पोर्टस् क्लवबीच तथा दिउँसो ३ बजे नुनथला फुटबल क्लव र नमूना स्पोर्टस् क्लवबीचमा प्रतिष्पर्धा हुने छ । यस्तै, बैशाख १७ गते बुईपा एलाभेन स्पोर्टस् क्लव र नमूना स्पोर्टस् क्लवबीच तथा जन्तेढुंगा फुटबल क्लव र नुनथला फुटबल क्लवबीच खेल हुने छ । बैशाख १८ गते जन्तेढुंगा फुटबल क्लव र नमूना स्पोर्टस् क्लवबीच तथा बुईपा एलाभेन स्पोर्टस् क्लव र नमूना फुटबल क्लवबीचमा खेल हुने फुटबल संघले जनाएको छ । प्रतियोगिताका लागि बुईपास्थित यलम्बर खेलमैदान तयारी अवस्थामा राखिएको छ । शुक्रबार बुईपाका वडाध्यक्ष दिनेस राई, जिल्ला फुटबल संघका अध्यक्ष ध्रुबबिक्रम राई, बुईपा इलाभेन स्पोर्टस् क्लवका पदाधिकारी लगायतको टोलीले खेलमैदान अवलोकन गरेका छन् ।  

अखिल नेपाल फुटबल संघ (एन्फा)को सदस्यस्ता प्राप्त भएसँगै खोटाङमा २०७६ सालदेखि जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको हो । २०७६ सालको लिगमा प्राप्त गरेको अंकको आधारमा जिल्लाका ६ वटा टिम (ए) डिभिजनमा र ४ वटा टिम (बि) डिभिजनमा परेको हो । (ए) डिभिजन लिगका विजेता टिमले प्रदेश स्तरिय लिगमा प्रतिष्पर्धा गर्न पाउने जिल्ला फुटबल संघका अध्यक्ष राईले बताए । 

एन्फाको सदस्यता प्राप्त गरेसँगै जिल्ला फुटबल संघले जिल्लाकै इतिहासमा पहिलोपल्ट २०७६ सालमा जिल्ला लिग फुटबल प्रतियोगिता गरेको थियो । २०५९ सालदेखि एन्फाको सदस्यता लिन प्रयास गरेको खोटाङलाई २०७५ सालमा अस्थायी र २०७७ सालमा स्थायी सदस्यता प्राप्त भएको हो ।

प्रकाशित: ४ वैशाख २०७८ ०५:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App