coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

भोटेकोसीमा राष्ट्रिय महिला भलिबल हुने

वैशाख ८ गतेबाट आयोजना हुने भोटेकोसी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा ६ टोलीले सहभागिता जनाउने भएका छन्।  

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको आयोजनामा हुने प्रतियोगितामा तीन विभागीय टोलीसहित न्यु डायमन्ड स्पोर्ट्स, ढोरपाटन प्रशिक्षण केन्द्र र बालाजु र सिन्धुपाल्चोक भलिबल संघको टोली गरी कुल ६ टोलीले सहभागिता जनाउने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो। 

भोटेकोसी गाउँपालिका–२ स्थित आधारभूत विद्यालयको खेलमैदानमा हुने प्रतियोगिताको विजेताले तीन लाख रूपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ। दोस्रोले दुई लाख रूपैयाँ, तेस्रोले १ लाख र चौथोले ५० हजार रूपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताका सर्वोेत्कृष्ट खेलाडीले २० हजार रूपैयाँ नगद तथा उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेटर र उत्कृष्ट प्रशिक्षकले जनही ७ हजार रूपैयाँ र प्रत्येक खेलको प्लेयर अफ दी म्याचले दुई हजार रूपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दियो। 

प्रकाशित: ३ वैशाख २०७८ ०५:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App