coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

अमरसिंह कप शनिबारबाट

अमरसिंह युवा क्लबको आयोजनामा शनिबारबाट आठाैं अमरसिंह कप फुटबल प्रतियोगिता हुने भएको छ। मनोहरा औद्योगिक व्यवस्थापनको प्रायोजनमा हुन लागेको प्रतियोगितामा आयोजक ‘ए’ र ‘बी’ सहित, स्थानीय स्कुल र क्लब गरी कुल २६ टोलीको सहभागिता रहेको क्लबका अध्यक्ष पुष्कर थापाले बताए।

वैशाख १८ गतेसम्म कागेश्वरी मनोहरा ७ स्थित सोमतीर्थ फुटबल मैदानमा हुने प्रतियोगितामा सहभागी २६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। प्रतियोगिता नकआउट पद्धतिमा हुने प्रतियोगिता संयोजक प्रमोद थापाले बताए। 

प्रतियोगिताका विजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार प्राप्त गर्नेछन्। त्यस्तै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रकाशित: ३ वैशाख २०७८ ०४:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App