१६ चैत्र २०८० शुक्रबार
खेल

शुक्रले जिते सूर्य नेपाल वेस्टन

सञ्जय लामा र भुवन नगरकोटीलाई ६ स्ट्रोकले पछि पार्दै शुक्रबहादुर राईले ६ अन्डर २ सय १ को कार्डसहित २०औं संस्करणको सूर्य नेपाल वेस्टर्न ओपन गल्फ उपाधि जितेका छन्। उनले बिहीबारको अन्तिम प्रतिस्पर्धामा समेत उस्तै लय कायम राख्दै उपाधि रक्षा गरेका हुन्। 

अन्तिम दिन उनले दुई अन्डर ६७ को कार्ड बनाए। समग्रमा उनको हिमालयन गल्फ कोर्समा उत्कृष्ट प्रदर्शन हो। राईले दोस्रो दिन आइपुग्दा चार अन्डर १ सय ३४ को कार्ड बनाउँदै अग्रता लिएका थिए। अन्तिम दिनमा पनि उनको प्रदर्शन भने कमजोर देखिएन। तीनै दिन उनले समान २ अन्डरमा खेल्दै उपाधि उचाले। उनले उपाधिसँगै नगद १ लाख ३० हजार रूपैयाँ प्राप्त गरे।  

सञ्जय लामा र भुवन नगरकोटी दोस्रो स्थानमा टाई हुन पुगे। उनीहरू दुवैले लेभल पार २ सय ७ खेले। लामा दोस्रो दिनसम्म २ अन्डर १ सय ३६ को स्थितिमा थिए। तर तेस्रो दिन आइपुग्दा उनले खराब प्रदर्शन गर्ने क्रममा दुई ओभर ७१ खेलेपछि समग्रमा लेभलपारको स्थितिमा टाई हुँदै टुंग्याए। उनीहरूले नगद ७२ हजार रूपैयाँ पुरस्कार थापे। 

भुवन नगरकोटीले पनि लेभल पार २ सय को कार्ड बनाउँदै तेस्रो स्थानमा रहे। उनले अन्तिम दिन २ अन्डर ६७ खेलेपछि लेभलपारको अवस्थामा आइपुगेका थिए। दोस्रो दिनसम्म ३६ होल टुंग्याउँदा उनी २ ओभर १ सय ४० को स्थितिमा थिए। अन्तिम दिन खेल सुधार्दै दुई अन्डर ६७ को कार्ड बनाएपछि लेभल पार हुँदै सञ्जय लामासँग बराबरीमा रहे। एमेच्योरतर्फ सुवास तामाङले १ अन्डर २०६ मा खेल टुंग्याएका थिए।

प्रकाशित: २७ चैत्र २०७७ ०४:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App