८ वैशाख २०८१ शनिबार
खेल

शहिद रंगशाला विराटनगर महानगरपालिकालाई हस्तान्तरण

विराटनगर स्थित शहिद रंगशाला हस्तान्तरण र सञ्चालन सम्बन्धी समझदारी पत्र आदान–प्रदान गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली । तस्बिरः विनोद/नागरिक

विराटनगर स्थित शहिद रंगशाला विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ। बिहीबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले रंगशाला सञ्चालनका लागि विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेका हुन्।  

रंगशाला हस्तान्तरण सम्बन्धी समझदारी पत्रमा विराटनगर महानगरपालिकाका तर्फबाट महानगरपालिकाका मेयर भीम पराजुली र राष्ट्रिय खेलकुद् परिषद्का तर्फबाट परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले हस्ताक्षर गरेका छन्।  

समझदारी पत्रमा हस्ताक्षर गर्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले शहिद मैदानको व्यवस्थापन नभइरहेको अवस्थामा महानगरपालिकालाई सञ्चालनको जिम्मा दिइएकाले समझदारीपत्रमा उल्लेख भएअनुसार रंगशाला व्यवस्थापन र सञ्चालन गरिने बताए। उनले रंगशालाको प्याराफिट व्यवस्थित पार्न सहयोग गर्न सदस्यसचिवलाई आग्रह गरे। यस्तै राष्ट्रिय खेलकुद पारिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले रंगशालाको व्यवस्थापनमा स्थानियतहलाई अपनत्व जगाउन रंगशाला हस्तान्तरण गर्न थालिएका जानकारी दिए। उनले विभिन्न महानगरपालिका, नगरपालिका र गाउँपालिकालाई पनि स्थानीय स्तरका रंगशाला हस्तान्तरण गर्दै लैजाने योजना रहेको बताए।

सदस्यसचिव सिलवालले देशभरका रंगशालाहरूको स्तरोन्नति गर्ने राष्ट्रिय खेलकुद परिषद्को योजना रहेको जानकारी दिए। उनले तीनै तहका सरकारको साझेदारीमा खेलकुदका पूर्वाधारहरू आधुनिकिकरण गर्ने र निर्माणको काम अघि बढाइने स्पष्ट पारे।

प्रकाशित: २६ चैत्र २०७७ १३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App