४ वैशाख २०८१ मंगलबार
खेल

आहा रारा गोल्डकपः पुलिसलाई पन्छाउँदै अफ्रिकन रुट्स फाईनलमा

एकपछि अर्को गोल्डकपमा आफ्नो दरिलो उपस्थिति जनाएको अफ्रिकन रुट्स एशोसियसन क्यामरुनले बिहीबार पोखरा रंगशालामा विभागीय टोलीलाई नतमष्तक बनाउँदै उपाधि नजिक पुगेको छ । पोखराको मैदानमा क्लब फुटबलमा गर्विलो शाख बनाएको नेपाल पुलिस क्लब अफ्रिकन टोलीसँग २–० ले पराजित हुँदै १९ औं सस्करणको आहा रारा गोल्डकपबाट बाहिरिन पुग्यो ।  

अफ्रिकन टोलीले हेटौडा गोल्डकप, बागमती गोल्डकपसँगै आहा रारा गोल्डकपमा प्रतिस्पर्धामा खरो उत्रिएको छ । हेटौंडा गोल्डकपमा नेपाल आर्मीसँग पराजित हुदैं उपाधिविहीन अफ्रिकन टोलीले रुस्लान थ्रीस्टारलाई पराजित गर्दै चौथो बागमती गोल्डकपको उपाधि उचालेर पोखरा फर्किएको हो । शारीरिक रुपमा अग्ला र बलिया अफ्रिकन सामु नेपाली खेलाडी निकै कमजोर देखिए ।  

खेलको ३ मिनेटमै पुलिसले गोल खान पुग्यो । पुलिसका गोलकिपर सन्जीत श्रेष्ठले डिबक्सभित्रै डिफेण्डर अजित भण्डारीलाई सट पास दिए । अजित भण्डारीले पनि सटपास खेल्ने क्रममा तेज तामाङलाई बल दिए । तामाङको खुट्टाबाट बल खोस्दै अफ्रिकन रुट्सका मोउसाले बसेकलाई पास उपलब्ध गरे । उनले अजित भण्डारी बार बन्नुअघि नै वान भर्सेस वानको अवस्थामा फष्ट बार च्याप्दै गोल गरेपछि पुलिस निराश हुन पुग्यो । अफिसियल आक्रोषित बन्न पुगे ।  

खेलको ६७ औं मिनेटमा अफ्रिकन रुट्सका एन्जिमीको ओभरहेड प्रहार फष्टबार नजिकैबाट बाहिरिएको थियो । फ्रिकिक बललाई नेपाल पुलिसका डिफेण्डरबाट क्लियर हुन नसकेको बललाई उनको प्रहारले सही दिशा भने लिन सकेन् । नेपाल पुलिस क्लबले ८४ औं मिनेटमा डिबक्सभित्र फ्रिकिको अवसर पायो । फ्रिकिकलाई जुमानु राईले सुमन लामाको पावर ग्रास सट बल अफ्रिकन खेलाडीको खुट्टामा छोएर बाहिरिन पुग्यो । पुलिसले कर्नरको अवसर पाएपनि सदुपयो गर्न भने सकेन ।  

खेलको अतिरिक्त समयमा अफ्रिकनले पाएको कर्नरलाई सुदुयोग गर्ने क्रममा मोउसाले गोल गर्दै जित सुनिश्चित बनाए । मोउसाले नै कर्नरलाई सट पाए दिए । आर एमबाकोपले मोउसालाई नै व्याक पास दिए । मोउसाले रिमलाई पास दिए । रिमले डिबक्स भित्र उपलब्ध गराएको पासलाई मोउसाले सेकेण्डर बारमा गोल गर्दै जित पक्का बनाउँदै आहा रारा गोल्डकपको उपाधि निकट पुगे । अफ्रिकन टोली यो दोस्रो पटक फाईनल प्रवेश गरेको हो । यसभन्दा अघि चौथो रारा गोल्डकपको उपाधि अफ्रिकन युनाईटेडले उचालेको थियो ।  

नेपाल पुलिस क्लबलाई पराजित गर्दै अफ्रिकन युनाईटेडले उपाधि उचाल्दाको क्षण फेरि दोहोरिएको छ । पोखराको मैदानमा बिहीबार नेपाल पुलिस क्लब अफ्रिकन रुट्स एशोसिययसन क्यामरुनसँग पराजित हुँदा चौथो संस्करणको गोल्डकपको झल्को दिएको थियो । मोउसा म्यान अफ दि म्याच घोषित भए । उपाधिको लागि अफ्रिकन रुट्सले शनिबार संकटासँग प्रतिस्पर्धा गर्ने छ ।

प्रकाशित: २६ चैत्र २०७७ १३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App