१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

राईलाई सुर्य नेपाल वेष्टर्न ओपन गल्फ उपाधि

सन्जय लामा र भुवन नगरकोटीलाई ६ स्ट्रोकले पछि पार्दै शुक्रबहादुर राईले ६ अण्डर २०१ को कार्डसहित २० औं संस्करणको सुर्य नेपाल वेष्टर्न ओपन गल्फको उपाधि जितेका छन् ।  

बिहीबारको अन्तिम प्रतिस्पर्धामा समेत उस्तै लय कायम राख्दै उपाधि रक्षा गरेका हुन् । अन्तिम दिन उनले दुई अण्डर ६७ को कार्ड बनाए । समग्रमा उनको पोखरा छिनेडाडाँको हिमालयन गल्फ कोर्षमा उत्कृष्ट प्रदर्शन हो । राईले दोस्रो दिन आईपुग्दा चार अण्डर १३४ को कार्ड बनाउँदै अग्रता लिएका थिए । अन्तिम दिनमा पनि उनको प्रदर्शन भने कमजोर देखिएन । तीनै दिन उनले समान २ अण्डरमा खेल्दै उपाधि उचाले । उनले उपाधिसँगै नगद १ लाख ३० हजार रुपैयाँ प्राप्त गरे ।  

सन्जय लामा र भुवन नगरकोटी दोस्रो स्थानमा टाई हुन पुगे । उनीहरु दुवैले लेभलपार २०७ खेले । लामाले दोस्रो दिनसम्म २ अण्डर १३६ को स्थितिमा रहेका थिए । तर तेस्रो दिन आईपुग्दा उनले खराब प्रदर्शन गर्ने क्रममा दुई ओभर ७१ खेलेपछि समग्रमा लेभलपारको स्थितिमा टाई हुँदै टुंग्याए । उनीहरुले नगद ७२ हजार रुपैयाँ पुरस्कार थापे ।

भुवन नगरकोटीले पनि लभेल पार २०७ को कार्ड बनाउँदै तेस्रो स्थानमा रहे । उनले अन्तिम दिन २ अण्डर ६७ खेलेपछि लेभलपारको अवस्थामा आईपुगेका थिए । दोस्रो दिनसम्म ३६ होल टुंग्याउँदा उनी २ ओभर १४० को स्थितिमा थिए । अन्तिम दिन खेल सुधार्दै दुई अण्डर ६७ को कार्ड बनाएपछि लेभलपार हुँदै सन्जय लामासँग बराबरी रहे ।  

एमेच्योर तर्फ सुवास तामाङले १ अण्डर २०६ मा टुंग्याएका थिए । धरानका गल्फर बलभद्र राई भने चौथो स्थानमा उक्लिए । पहिलो दिन लेभल पार खेल्दै राम्रो शुरुवात गरेपनि दोस्रो दिन बुधबार भने ४ ओभर खेल्ने पुगेका थिए । अन्तिम दिन ३ ओभर ७२ का कार्ड बनाउँदै समग्रमा उनी ७ ओभर २१४ को स्कोरमा रहन पुगे । विनोद तामाङ १० ओभर २१७, भुवनकुमार रोका ११ ओभर २१८, धनबहादुर थापा १२ ओभर २१९, सुर्यप्रसाद शर्मा र टंकबहादुर कार्की आठौं स्थानमा टाई हुदाँ १३ ओभर २२० को कार्ड बनाए । दिनेश प्रजापति र सन्जीवबहादुर नेपाली १४ ओभर २२१ को कार्ड बनाउँदै दशौंस्थानमा टाईमा टुंग्याए । 

विजेता खेलाडीहरुलाई नेपाल प्रहरीका एआईजी हरिबहादुर पाल, डिआईजी घनश्याम अर्याल र सुर्य नेपालका क्षेत्रीय बजार व्यवस्थापक प्रकाश केसी लगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रकाशित: २६ चैत्र २०७७ १३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App