८ वैशाख २०८१ शनिबार
खेल

सुर्य नेपाल वेष्टर्न ओपनः राईको दुई स्ट्रोकको अग्रता

दोस्रो दिनको ३६ होल समाप्ती हुँदा शुक्रबहादुर राईले चार अण्डर १३४ को स्कोरसहित शीर्षस्थानमा रहेका छन् । अघिल्लो दिए एक अण्डर ६८ खेलेका राईले दोस्रो दिन भने निकै लयमा रहे । उनले दोस्रो र तेस्रो होलमा बर्डी हिर्काउँदै फ्रन्ट नाईनमा दुई अण्डर राखे । फ्रन्ट नाईनको दुई स्ट्रोकलाई अन्तिम समयसम्म जोगाई राखे । राईले १२ औं मा भने बोगी खेप्दै अघि बढेका १५ औं र १७ औं होलमा समेत बर्डी हिर्काउँदै ३ अण्डर ६६ को स्कोरमा टुंग्याएका छन् ।  

अघिल्लो दिन राईसँगै शीर्षस्थानमा रहेका सन्जय लामा भने दोस्रो स्थानमा छन् । उनले दोस्रो दिनको समाप्तीमा २ अण्डर १३६ मा रहेका छन् । लामाले पहिलो दिनमा एक अण्डर ६८ मा टुंग्याउँदा दोस्रोे दिनमा पनि उस्तै लयमा रहँदै १ अण्डर ६८ को कार्ड बनाएका छन् । सुवास तामाङ(एमेच्योर)ले शीर्षता कायमै राख्ने क्रममा दोस्रो दिन उत्कृष्ठ प्रदर्शन गरे ।  

दोस्रो दिनमा उनले २ अण्डर खेल्दै ६७ को कार्ड बनाउँदा ३६ होलको समाप्तीमा १ अण्डर १३७ स्कोरमा छन् । सेन्ट्रल ओपन विजेता भुवन नगरकोटी भने चौथो स्थानमा रहेका छन् । उनी राई भन्दा ६ स्ट्रोकले पछि छन् । पहिलो र दोस्रो दिन उनले समान १ ओभर ७० को कार्डमा खेल्दै टुग्याए । ३६ होल टुग्याउँदा उनी २ओभर १४०को स्थितिमा छन् ।  

पाँचौ स्थानमा भने सन्जीवबहादुर नेपाली छन् । दोस्रो दिन बुधबारको खेल उनको उत्कृष्ट रह्यो । बुधबार २ अण्डर ६७ को कार्ड बनाएका नेपालीले अघिल्लो दिन भने ६ ओभर ७५ को स्थितिबाट अघि बढेका थिए । समग्रमा उनी ४ओभर १४२ को कार्डमा छन् । सुर्यप्रसाद शर्मा छैटौं स्थानमा छन् । नेपालीसँगै ४ ओभर १४२ को कार्ड बनाई अन्तिम प्रतिस्पर्धामा छन् ।  

धरानका गल्फर बलभद्र राई भने सातौं स्थानमा छन् । पहिलो दिन लेभल पार खेल्दै राम्रो शुरुवात गरेपनि दोस्रो दिन बुधबार भने ४ ओभर खेल्ने पुगे । समग्रमा उनी ४ ओभर १४२को स्कोरमा छन् । डिफेण्डिङ च्याम्पियन धनबहादुर थापा भने १६ औं स्थानमा छन् । आठौं स्थानमा विनोद तामाङ, नवौं स्थानमा टंकबहादुर कार्की र १० औं स्थानमा दिनेश प्रजापति रहेका छन् ।

प्रकाशित: २५ चैत्र २०७७ ११:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App