८ वैशाख २०८१ शनिबार
खेल

१९ औं आहा रारा गोल्डकपः नेपाल पुलिससँग थ्रीस्टारको फराकिलो हार

रवि पासवानलाई रोक्ने प्रयास गर्दै थ्रीस्टारका शिशिर लेखी । तस्बिर उमेश पुन/नागरिक

बागमती गोल्डकप उचालेर थकित मुद्रामा आएको रुस्लान थ्रीस्टारलाई नेपाल पुलिस क्लबले लज्जास्पद हार चखाउँदै १९ औं आहा रारा गोल्डकपबाट बिदाई गर्दै उपाधि दावेदारी प्रस्तुत गरेको छ ।  

मंगलबार पोखरा रंगशालामा नेपाल पुलिस क्लबले विभागीय बर्चस्व एवं शाख जोगाउने क्रममा थ्रीस्टार विरुद्ध ४–० गोलको फराकिलो जित निकाल्दै अन्तिम चारमा प्रवेश गर्यो । अफ्रिकन रुट्स एशोसियनसँग सोमबार मात्रै हेटौंडामा चौथो बागमती गोल्डकपमा पराजित गर्दै उपाधि उचालेर उत्साहित बनेको थ्रीस्टारलाई नेपाल पुलिस क्लबले मत्थर बनाईदियो ।  

२९ औं मिनेटमा नेपाल पुलिस क्लबले फ्रिकिकको अवसर प्राप्त गर्यो । फ्रिकिक प्राप्त बललाई तेज तामाङले पेनाल्टी बक्सभित्र खसाले । पेनाल्टी बक्सभित्र मार्किङविहीन रहेका बुद्धबल तामाङले ‘वान टच’मा गोल गर्दै पुलिसलाई अग्रता दिलाए । पोखराको मैदानमा आहा रारा गोल्डकपको संस्करणमा नेपाल पुलिसको छवि निकै उच्च छ ।  

उच्च छविलाई अझ उचाईमा पुर्‍याउने लक्ष्यसँगै मैदानमा उत्रिएको पुलिसले मंगलबार थ्रीस्टारमाथि निकै दबाव बनाईराख्यो । सहारा क्लबको आयोजनामा सञ्चालित गोल्डकप सबैभन्दा बढी उचाल्ने मध्येको पुलिसले थ्रीस्टारको चुनौतिलाई पन्छाउँदै सेमिफाईनल प्रवेश गर्यो । पहिलो हाफमै १–० ले पछि परेको थ्रीस्टारले दोस्रो हाफमा थप तीन गोल खान पुग्यो ।  

६८ औं मिनेटमा पुलिसले दोस्रो गोल थप्यो । सुमन लामाले बायाँ डिबक्स तर्फ उपलब्ध गराएको पासलाई निरकुमार राईले तेज तामाङको लागि व्याकपास उपलब्ध गरे । तामाङले क्रसबार च्याप्दै गोल गरेपछि पुलिस जित तर्फ उन्मुख हुदैं गयो । ७४ औं मिनेटमा सुमन लामाको व्यक्तिगत दोस्रो क्रस पासमा बुद्धबल तामाङ नेपाल पुलिसका लागि तेस्रो गोल गदैै फराकिलो नजिता तर्फ अगाडि बढ्यो । ८६ औं मिनेटमा सुमन लामाको पासमा सौजन राईको क्लिन फिनिसिङ गर्दै नेपाल पुलिसलाई ४–० अग्रता सँगै जित सुनिश्चित बनाए । म्यान अफ दि म्याचको हकदार भने तेज तामाङ घोषित भए । बुधबार खेलको पहिलो सेमिफाईनल खेल संकटा विरुद्ध ्सशस्त्र प्रहरी बल बीच हुने छ ।

प्रकाशित: २४ चैत्र २०७७ १३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App