coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

रारा गोल्डकप: पहिलो खेलबाटै बाहिरियो मनाङ

अफ्रिकन खेलाडी फोफोनाको गोलमा संकटा क्लबले आहा रारा गोल्डकपको सेमिफाइनल सुरक्षित गर्दा पोखरेली मैदानमा गर्विलो छवि बनाएको मनाङ मस्र्याङ्दीले यस संस्करणमा पहिलो खेलबाटै गोल्डकप यात्रालाई बिट मारेको छ। पहिलो हाफ हुनुभन्दा एक मिनेटअघि ४४औं मिनेटमा फोफोनाले सीधै भली हिर्काउँदै गोल गरेपछि संकटाले मनाङ मस्र्याङ्दीको चुनौतीलाई १–० गोलले पन्छायो। 

अमित तामाङले फ्रिकिकलाई दायाँ क्षेत्रमा सुवास गुरुङलाई पास उपलब्ध गराएका थिए। सुवासले गरेको क्रस बललाई मनाङका खेलाडीले रिफ्लेक्ट गरे। सोही बललाई फोफोनाले सीधै पोस्टको दिशा दिएपछि १९औं संस्करणको आहा रारा गोल्डकपमा संकटाले सेमिफाइनल सुरक्षित बनायो। मनाङ सम्भवतः पोखराको मैदानमा पहिलो खेलबाटै बाहिरिएको यो पहिलो पटक हो। मनाङले पोखराको मैदानमा आहा रारा गोल्डकप ६ पटक उचालिसकेको इतिहास छ। 

डिफेन्डिङ च्याम्पियनसमेत रहेको मनाङले सोमबार संकटाविरुद्धको खेलमा भने गोलको अवसरलाई सदुपयोग गर्न नसक्दा हारसँगै गोल्डकपबाट बाहिरियो। रञ्जन विष्टले अतिरिक्त समयमा हानेको बल सीधै संकटाको हातमा परेको थियो।  

डीबक्सबाट सीधै प्रहार गरेपछि गोलकिपरकै हातबाट रिफ्लेक्ट भएको बललाई डिफेन्सले क्लियर गरे। खेल निकै प्रतिस्पर्धात्मक रह्यो। खेलमा म्यान अफ दी म्याच फोफोना घोषित भए। उनले नगद ५ हजार रूपैयाँ प्राप्त गरेका छन्। मंगलबारको अन्तिम क्वाटरफाईनल खेल रुस्लान थ्री स्टार र नेपाल पुलिस क्लबबीच हुनेछ। 

प्रकाशित: २४ चैत्र २०७७ ०४:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App