८ वैशाख २०८१ शनिबार
खेल

आहा रारा गोल्डकपः संकटा सेमिफाईनलमा, मनाङ मर्स्याङ्दी पहिलो खेलबाटै बाहिरियो

अफ्रिकन खेलाडी फोफोनाको गोलमा संकटा क्लबले आहा रारा गोल्डकपको सेमिफाईनल सुरक्षित गर्दा पोखरेली मैदानमा गर्विलो छवि बनाएको मनाङ मर्स्याङ्दी क्लब पोखरामा पहिलो खेलबाट गोल्डकप यात्राबाट विट मारेको छ ।  

पहिलो हाफ हुनुभन्दा एक मिनेटअघि ४४ औं मिनेटमा फोफोनाले सिधै भली हिर्काउँदै गोल गरेपछि संकटाले मनाङ मर्स्याङ्दीको चुनौतिलाई १–० गोलले पन्छायो । अमित तामाङले फ्रिकिकलाई दायाँ क्षेत्रमा सुवास गुरुङलाई पास उपलब्ध गराएका थिए । सुबासले गरेको क्रस बललाई मनाङ मर्स्याङ्दीका खेलाडीबाट रिफ्लेक्ट बललाई फोफोनाले सिधै पोष्टको दिशा दिदैं १९ औं सस्करणको आहा रारा गोल्डकपमा संकटाले सेमिफाईनल सुरक्षित बनायो । मनाङ मर्स्याङ्दी सम्भवत पोखराको मैदानमा पहिलो खेलबाटै बाहिरिएको यो पहिलो हो ।  

पोखराको मैदानमा आहा रारा गोल्डकप मनाङ मर्स्याङ्दीले ६ पटक उचालिसकेको इतिहास छ । डिफेण्डिङ च्याम्पियन समेत रहेको मनाङ मर्स्याङ्दीले सोमबार संकटाविरुद्धको खेलमा भने गोलको अवसरलाई सदुपयोग गर्न नसक्दा हारसँगै गोल्डकपबाट बाहिरियो । रन्जन विष्टले अतिरिक्त समयमा हानेको बल सिधै संकटाको हातमा परेको थियो ।  

डिबक्सबाट सिधै प्रहार गरेपछि गोलकिपरकै हातबाट रिफ्लेक्ट भएको बललाई डिफेन्सले क्लियर गरे । खेल निकै प्रतिस्पर्धात्मक रह्यो । खेलमा म्यान अफ दि म्याच फोफोना घोषित हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । मंगलबारको अन्तिम क्वार्टरफाईनल खेल रुस्लान थ्रीस्टार र नेपाल पुलिस क्लब बीच हुने छ ।

प्रकाशित: २३ चैत्र २०७७ ११:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App