८ वैशाख २०८१ शनिबार
खेल

बागमती गोल्डकप: अफ्रिकन रुट्स सेमिफाईनलमा

हेटौडाँमा बागमती गोल्डकपको उपाधि प्रतिस्पर्धाको लागि फर्किनुअघि अफ्रिकन रुट्स एशोसियसनले पोखरामा आइतबार मछिन्द्र क्लबलाई २–१ गोलले पराजित गरेको छ । १९ औं संस्करणको आहा राराको पहिलो सहभागितामा मछिन्द्रलाई पराजित गर्दै अफ्रिकन टोली बागमती गोल्डकपको उपाधिको लागि हेटौडा प्रस्थान गरेको छ । अफ्रिकन टोलीले सोमबार रुस्लान थ्रीस्टारसँग उपाधिको लागि प्रतिस्पर्धा गर्ने छ ।  

अफ्रिकन रुट्स एशोसियसन  १९ औं आहा रारा गोल्डकपको सेमिफाईनल प्रवेश गरेको छ । शहीद स्मारक ए डिभिजन लिग २०७६ को विजेता मछिन्द्रको चुनौतिलाई अफ्रिकन टोलीले पन्छाउने क्रममा २–१ गोलको नजिता निकाल्यो । खेलको अतिरिक्त समयमा अभिषेक रिजालले गोल फर्काउँदै गोल अन्तर घटाँउदै खेलमा फर्किने कोशिस गर्यो । खेलमा फर्किने कोशिस निकै ढिलो भईसकेको थियो । थपिएको २ मिनेटमा एक मिनेट वितिसकेको अवस्थामा मछिन्द्र खेलमा फर्किन सक्ने अवस्था रहेन् ।  

हेटौडा गोल्डकपमा त्रिभुवन आर्मीक्लबसँग पराजित भएको अफ्रिकन टोलीले पोखरा रंगशालामा आहा राराको पहिलो सहभागितामा जित निकाल्दै सुखद शुरुवात गर्यो । शारीरिक रुपमा अग्ला र बलिया अफ्रिकनले शुरुवातदेखि नै दबाव बनाई राख्यो । खेलको २३ औं मिनेटमा म्यान अफ दि म्याच मोउसाले गोल गर्दै अग्रता दिलाए । मछिन्द्रका कप्तान रन्जित धिमालको खुट्टाबाट फुत्किएको बललाई एनजिमीले कलेक्ट गर्दै मोउसालाई पास उपलब्ध गराए । मोउसालाई कुनै गल्ती नगरी हानेको ग्रास बल मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले रोक्ने प्रयास गरे । तर उनको प्रयास विफल हुदाँ बल सेकेण्ड बारमा गोल हुन पुग्यो  

पहिलो हाफमा १–० ले अग्रता लिएको अफ्रिकन टोलीले दोस्रो हाफमा पनि उस्तै लयमा देखियो । खेलको १८ औं मिनेटमा रन्जित धिमालको लामो फ्रिकिक सिधै अफ्रिकन गोलकिपरको हातमा पुग्यो । २२ औं मिनेटमा यानिकले राजेश परियारलाई लडाएपछि प्राप्त फ्रिकिकलाई मछिन्द्रले सदुपयोग गर्न सकेन् । सुनिल बलको प्रहार बाहिरिन पुग्यो ।  

अफ्रिकनले पहिलो गोल गरे लगत्तै अर्को राम्रो मुभ बनायो । जोमोले डिबक्सबाट हानेको बल गोलपोष्टको दिशा लिन नसक्दा अग्रता दोब्बर हुने अवसरबाट अफ्रिकन टोली चुक्यो । २८ औं मिनेटमा वान भर्सेस वानको अवस्थामा बासेकको प्रहारलाई गोलकिपर विशाल श्रेष्ठले डाईभ सेभ गरेपछि मछिन्द्रको अर्को संकट टारे ।  

पहिलो हाफको अतिरिक्त समयमा सुनिल बलको उत्कृष्ट प्रहारलाई उत्कृष्ट सेभ गरिदिए । अशोक थापाले सेकेण्ड बार च्याप्दै हानेको ‘कर्भ’ बल आउट भएपछि निराश हुन पुगे । ६३ औं मिनेटमा मोउसाको प्रहारलाई छिरिङ गुरुङले रिफ्लेक्ट बललाई क्लियर गर्दै मछिन्द्रलाई थप गोल हुनबाट जोगाएका थिए । तर खेलको ८३ औं मिनेटमा डिजोमो क्रस पासमा एनजिमीले गोल गर्दै अफ्रिकन रुट्स एशोसियसनलाई २–० गोलको अग्रतामा पुर्याए । खेलको अतिरिक्त समयमा सुनिल बलको पासमा अभिषेक रिजालले गोल गर्दै खेल २–१ को स्थितिमा झारे । तर खेलमा फर्किन मछिन्द्रको धेरै ढिलो भईसकेको थियो । अन्तत पोखराको बसाई छोट्याउँदै मछिन्द्र आहा रारा गोल्डकपबाट बिदा हुन पुग्यो ।

प्रकाशित: २२ चैत्र २०७७ १२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App