७ वैशाख २०८१ शुक्रबार
खेल

नयाँ वर्षमा पोखरामा ‘मेयर साईकल दौड’

पोखरामा आयोजना गरिने मेयर साइकल दौडबारे जानकारी दिँदै । तस्बिरः नागरिक

नयाँवर्षको अवसरमा पोखरामा ‘मेयर साइकल दौड प्रतियोगिता’ हुने छ । पोखरा महानगरपालिकाको आयोजनामा कास्की जिल्ला साईक्लिङ संघको व्यवस्थापनमा बैशाख १ गते नयाँ वर्षको अवसरमा मेयर साईकल दौड प्रतियोगिता आयोजना गरिएको आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।  

कास्की जिल्ला साइक्लिङ संघ, साइकल सिटी पोखरा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघसँग हातेमालो गर्दै ‘वातावरण जोगाऔं, स्वस्थ रहौं’ भन्ने नाराका साथ प्रतियोगिता आयोजा गरिएको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बताए । प्रतियोगितामा स्थानीय तहका प्रमुखहरुले प्रतिस्पर्धा गर्ने विश्वास छ ।  

‘स्थानीय तहका प्रमुखहरुले साईकल दौडमा प्रतिस्पर्धा गर्ने छन्’ मेयर साईकल दौड प्रतियोगिताका संयोजक दर्शन लामाले भने, ‘एकसयजना स्थानीय तहका प्रमुखहरुको सहभागिता हुने विश्वास छ ।’ साईकल दौड पोखरा महानगरपालिकादेखि शुरु हुने छ । महानरपालिका हुदैं सभागृहचोक–सृजनाचोक–राष्ट्रबैंकचोक हुदैं हल्लनचोकमा पुगेर टुंगिने छ । पोखरा महानगरपालिका–१३ का वडाध्यक्ष समेत रहेका संयोजक लामाका अनुसार झण्डै ५ किलोमिटरको प्रतिस्पर्धा हुने छ ।  

मेयर साईकल दौडकै अवसरमा पोखरामा साईकल लेनको समेत शुरुवात गरिने उनले बताए । ‘पोखरालाई बातावरण मैत्री बनाई साईकल लेनको शुरुवात गरिने छ’ उनले भने, ‘पार्किङ नहुने सडक किनारमा साईकल लेन बनाईने छ ।’ महागनरपालिका सकडको एक किनारमा पार्किङ वापत सशुल्क पार्किङको जिम्मेवारी दिइसकेको छ ।  

पोखरा महानगरपालिकाले तालदेखि तालसम्म ८४ किलोमिटर साइकल ट्र्याकको आवश्यक पूर्वाधार निमाणर््ा गर्ने समेत योजना अघि सारेको छ । साईकल ट्रयाकको लागि आवश्यक अध्ययन समेत गरिसकिएको छ । अध्ययनकै लागि महानगरपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेको थियो । ‘नयाँ वर्षदेखि नै महानगरपालिकाले पोखराको विभिन्न ५० ठाँउमा साईकल स्ट्याण्ड बनाईने छ,’ संयोजक लामाको भनाई थियो ।  

महानगरपालिकाले साईकल दौडकै अवसरमा कास्कीबाट १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा साईक्लिङ प्रतिस्पर्धा(डाउनहिल) रजत पदक जितेकी जमूना थापालाई नगद १ लाख रुपैयाँ सहित सम्मान गरिने छ ।  

वातावरण र पर्यावरण पनि जोगाउनु छ । संरक्षण र विकासलाई सँगसँगै लैजान सकिएन भने विनाश निम्तिनेछ । पोखरा महानगरपालिका साइकल प्रयोगलाई प्रेरित गर्दै लैजाने नीति ल्याउँदै मेयर साईकल दौडको अवधारणा अघि सारेको उनले स्पष्ट पारे । स्थानीय तहहरुमा वातावरण मैत्री विकासलाई प्रवद्र्धन गर्न छोटो दूरीको सवारी साधनको रुपमा साइकललाई प्रवद्र्धन गर्न सम्मेलनमा छलफल गरिने कार्यक्रम गरिने कार्यक्रम तय गरिएको छ । 

प्रकाशित: २२ चैत्र २०७७ ०६:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App