८ वैशाख २०८१ शनिबार
खेल

सहारा र एपीएफ उद्घाटनमा भिड्दै

आहा रारा गोल्डकप

१९ औं सस्करणको आहा रारा गोल्डकप शनिबारदेखि पोखरा रंगशालामा शुरु हुदैंछ । गतवर्ष कोरोना भाइरस संक्रमणको त्रासले गरिएको लकडाउन अघि १८ औं संस्करण टुंग्याएको सहाराले फेरी कोरोनाकहरकै बीचमा गोल्डकप टुंग्याउने तयारी गरिरहेको छ ।  

 सहाराले शनिबारको उद्घाटन खेलमा विभागीय क्लब सशस्त्र प्रहरी बललाई आतिथ्यता गराउनेछ । घरेलु मैदानमा सहाराले गर्विलो छवि बनाउने प्रयासरत रहँदा सशस्त्र प्रहरी भने उदघाटन खेलमा सहारालाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्ने ध्येयमा रहने छ । सहाराले सिजनको नकआउट फुटबलमा पहिलो प्रतिस्पर्धा गर्दैछ । सशस्त्रले भने हेटौडामा आयोजित बागमती गोल्डकपमा रुस्लान थ्रीस्टारसँग पराजित हुदैं बाहिरिएको छ ।  

बागमती गोल्डकपमा हारको चोटलाई उदघाटन खेलमा जित निकाल्दै बिर्सने प्रयासमा सशस्त्र प्रहरी बल हुने छ । सहाराले मनबहादुर तामाङलाई कप्तानीको जिम्मेवारी दिनेछ । उपकप्तानको जिम्मेवारी भने आफनै एकेडेमीका तेस्रो व्याचका खेलाडी अशिन पोमुलिम्बुले गर्ने प्रशिक्षक विष्णु गुरुङले बताए । ‘स्ट्राइकिङमा कमजोर छ । त्रिदेव गुरुङले मध्यपंक्ति सम्हाल्दा गोलपोष्टको जिम्मेवारी भने दिप कार्कीको काँधमा हुने छ,’ उनको भनाई थियो । प्रशिक्षक गुरुङले घरेलु मैदानमा घरेलु दर्शकलाई निराश नबनाउने प्रतिबद्धता जनाए । उनले ९० मिनेटभित्रै नजिता निकाल्ने योजनासहितको रणनीतिमा उत्रिने दावी गरे ।  

सशस्त्र प्रहरी बलमा युवापुस्तका खेलाडी छन् । शारीरिक रुपमा सहारा भन्दा केही बलियो भने पक्कै देखिने छ । सहाराले सशस्त्र प्रहरी बलसँग आहा रारामा भने तेस्रो भेट हो । यसअघिको दुई भेटमा दुवैले एकएक जित निकालेका छन् । सहाराले १२ औं संस्करणमा सशस्त्र प्रहरी बललाई पराजित गर्दै अघि बढेको थियो । १२ औं सस्करणको उपाधि सहाराले आफनो नाममा लेखाएको थियो ।  

दुबै बीच दोस्रो भेट पोखरा रंगशालामा १७ औं सस्करणमा भएको थियो । उक्त संस्करणमा सहारालाई सशस्त्र प्रहरी बलले उदघाटन खेलमा पराजित गर्दै गोल्डकप यात्रा सुखद बनाएको थियो । त्यही यात्रा तीन वर्षपछि फेरी पोखरा रंगशालामा दोहो¥याउने आशा र विश्वास सशस्त्र प्रहरी बलले लिएको छ । निर्धारित समयमा १–१ गोलको बराबरीमा टुंगिएपछि निर्णय पेनाल्टी सुटमा हुदाँ सहारा पराजित हुन पुगेको थियो । एपीएफ छैटौं संस्करणको रारा गोल्डकपको उपविजेता समेत हो ।  

प्रकाशित: २० चैत्र २०७७ ०९:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App