coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

उपाधिका लागि हिमालयन ह्वाइट हाउस र लिटल फ्लावर भिड्ने

लिटल फ्लावर प्रिमियर लिग

धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगितामा उपाधीको लागि हिमालयन ह्वाइट हाउस काठमाडौं र लिटल फ्लावर स्कुल  भिड्ने भएका छन्। धनगढीको संघीय प्रहरी कार्यालयको मैदानमा शनिबार दुवै टीमबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । शुक्रबार भएका सेमिफाइनलका खेलमा जित हात पार्दै दुवै टीम उपाधि नजिक पुगेका हुन ।

संघीय प्रहरी कार्यालयको मैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा लिटल फ्लावर स्कुलले बाल बाटिकालाई ३ विकेटले जित हात पार्दै फाईनल प्रवेश गर्न सफल भएको हो । टस जितेर ब्याटिङ गरेको बाल बाटिकाले १६ ओभर १ बलमा सबै विकेट गुमाउँदै ९० रन बनायो । उसका लागि विराट भण्डारीले २९ र कलम ओलीले २२ रन बनाए । लिटल फ्लावरका पुुष्करराज बडुुले ४ विकेट लिए । ९१ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको लिटल फ्लावरले १८ ओभर ३ बलमा ७ विकेट गुमाउँदै लक्ष्य भेटायो । लिटल फ्लावरको जितमा राजकुमार शाहले अविजित रहदै २४ र शैलेस केसीले २२ रन बनाए । बाल बाटिकाका कमल ओलीले ५ विकेट लिए । खेलका म्यान अफ द म्याच लिटल फ्लावरका पुष्करराज बडु भए ।

त्यस्तै शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा शारदा सरस्वतीलाई ८९ रनले जितेर ह्वाइट हाउसले फाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको हो । संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा पहिले ब्याटिङ गरेको ह्वाइट हाउसले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । ह्वाइट हाउसका लागि कप्तान दिपक बोहराले ७३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अर्का दिपक बोहराले ६२ रनको अर्धशतकीय इनिङ्स खेले । शारदाका गणेश बहादुर बिटालुले ३ विकेट लिए । ह्वाइट हाउसले दिएको १ सय ६५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको शारदा १२ ओभरमा अलआउट हुँदै ७५ रनमा समेटियो । उसका गणेश बहादुरले सर्वाधिक २२ रन बनाए । 

अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । ह्वाइट हाउसका कप्तान दिपक र सन्दीप शाहीले ३÷३ विकेट लिए । खेलको प्लेयर अफ द म्याच ह्वाइट हाउसका कप्तान दिपक चुनिए । प्रतियोगिताको विजेताले १ लाख २० हजार पाउने छन् । त्यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले ५÷५ हजार पाउने छन् । गत फागुन १५ गते संचालन भएको प्रतियोगितामा देशभरीका १६ बिद्यालयको सहभागिता रहेको थियो ।  

प्रकाशित: २८ फाल्गुन २०७७ १२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App