coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पाकिस्तान राष्ट्रिय महिला फुटबल: नेपाली चेलीको गोलवर्षा

नेपालका चार महिला फुटबलर सहभागी पाकिस्तानको मासा युनाइटेडले पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा गोलवर्षा गरेको छ।

नेपालका खेलाडीले मात्र १७ गोल गरेको खेलमा मासाले मंगलबार कराचीमा सियालकोट सिटीमाथि १९–० गोलको जित निकाल्दै च्याम्पियनसिपमा सानदार सुरुआत गरेको हो। नेपाली राष्ट्रिय टोलीकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदान उत्रिएको मासाका लागि नेपाली खेलाडी सरु लिम्बुले १० गोल गर्दा अनिता केसी ६ गोल र डिफेन्डर गीता रानाले एक गोल गरेका थिए।

मासाका लागि जारा इकबाल र सम्रोज सामरिनाको नाममा १/१ गोल रह्यो। नेपालबाट पाकिस्तान महिला फुटबल च्याम्पियनसिपमा सहभागी चारै जना घरेलु फुटबलमा सशस्त्र प्रहरी बल एपिएफबाट खेल्ने गर्छन्। २० टोली सहभागी च्याम्पियनसिपमा कुल ५९ खेल हुनेछन्।

मंगलबार पहिलो दिन चार खेल भएका थिए, जसमध्ये नेपाली खेलाडी सहभागी मासासहित वाप्डाले जिलगिट फुटबल क्लबलाई १४–० र कराची युनाइटेडले कराची महिला वुमन फुटबल क्लबलाई १९–० ले हराउँदा हाजारा गल्र्स एकेडेमी र हाजारा क्वेटा फुटबल एकेडेमीले गोलरहित बराबरीको नतिजा सामना गरेका थिए।

यस च्याम्पियनसिपका विजेताले १० लाख, उपविजेताले ७ लाख ५० हजार र तेस्रो हुने टोलीले पाँच लाख पाकिस्तानी रूपैयाँ पाउनेछन्।

प्रकाशित: २६ फाल्गुन २०७७ ०५:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App