coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

मिक्समाण्डु ५ विकेटले पराजित

सुपर जनरल अन्तर क्लब टी–२० क्रिकेट लिगको समीकरण टुंगिदा जनकपुर क्रिकेट संघले सेमिफाईनलको आतिथ्यता सुपर जनरल पोखरा–११ सँग हुनेछ । जनकपुरले आईतबार मिक्समाण्डु क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेपछि सेमिफाईनल भेट पोखरासँग पक्का गरेको हो । अर्को सेमिफाईनल भने तनहुँको पेलिकन्स क्रिकेट क्लबले चितवन क्रिकेट संघसँग खेल्ने छ ।  

के.एन स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरलको मुख्य प्रायोजनमा सञ्चालित अन्तरक्लबस्तरीय टी–२० क्रिकेट लिगमा आईतबार टस जितेर व्याटिङ रोजेको मिक्समाण्डुले २० अ‍ोभर खेल्दै ९० रन मात्रै बनायो । शुभ कंसाकारले २८ बलमै २८ रन जोड्दा ४ चौका र १ छक्का हिर्काए । रिजन थापाले १८ बल खेल्दै १७ रन जोडे । सचिन अधिकारीले १५ बलमा १४ रन बनाउँदा १ चौका हिर्काएका थिए ।  

१५ रनमा पहिलो विकेट गुमाएको मिक्समाण्डुले दोस्रो विकेट पनि सस्तैमा गुमायो । ४९ रन बनाउँदा दोस्रो विकेटको रुपमा शुभ कंसाकार आउट भए । ५४ रनमा तेस्रो विकेट गुमाएको मिक्समाण्डुले ४ रन जोडिदाँ थप ३ विकेट गुमाउँदै धरासायी अबस्थामा पुग्यो । ६९ रन बनाउने क्रममा दुई विकेट गुमाएपछि मिक्समाण्डुको स्कोर सामान्य तर्फ उन्मुख रह्यो ।  

९१ रनको झिनो लक्ष्य पछ्याएको जनकपुरले १८.२ ओभर खेल्दै ५ विकेटको क्षतिमा पुरा गर्दै सेमिफाईनल सुरक्षित गर्यो । छैटौं विकेटको लागि राहुलप्रताप सिंह र बिक्रान्त यादवले ५४ रनको साझेदारी गरेपछि सहज जित निस्किएको थियो । राहुलले ३३ रनमा अभिजित रहे । विन्ध्येश्वरी भाडा उद्योग म्यान अफ दि म्याच घोषित राहुलले ४७ बल खेल्दै २ चौका र १ छक्का हिर्काएका थिए ।  

यादवले ३८ बल खेल्दै २७ रनको योगदान दिए । जनकपुरको पनि शुरुवाती खासै राम्रो भने रहेन् । पहिलो र दोस्रो विकेट केवल ४ रन स्कोर बोर्डमा चढ्दा गुमाउन पुग्यो । तेस्रो विकेट १० रनमै गुमाएको जनकपुरले चौथो विकेट २० रन र ३५ रन बनाउँदा पाँचौ विकेट गुमाएको थियो । बलिङ तर्फ रुपेश श्रीबास्तवले ४ ओभरमा १ मेडन राख्दै १२ रन दिएर २ विकेट लिएका थिए ।  

प्रकाशित: २३ फाल्गुन २०७७ ०९:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App