coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

भक्तपुरमा अन्तर नगर बुद्धिचाल प्रतियोगिता हुने

प्रतियोगिताबारे जानकारी दिँदै नगर प्रमुख सुनिल प्रजापति ।

भक्तपुर नगरपालिकाको आयोजनामा अन्तर नगर बुद्धिचाल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म हुनेछ। शुक्रबार सम्पन्न पत्रकार भेटघाटमा दिइएको जानकारी अनुसार प्रतियोगितामा हालसम्म २२ वटा नगरपालिकाले भाग लिन नाम दर्ता गराइसकेका छन्।  

ती नगरपालिकाहरूमा मध्यपुर थिमी, बनेपा, भक्तपुर नगरपालिका ‘ए’, भक्तपुर नगरपालिका ‘बी’, भीमेश्वर, बुटवल उपमहानगरपालिका, चाँगुनारायण नगरपालिका, दैलेख नगरपालिका, दमक नगरपालिका, धरान उपमहानगरपालिका, हेटौडा उपमहानगरपालिका रहेका छन्। यस्तै, कैलाली नगरपालिका, काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, नागार्जुन नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका, पोखरा महानगरपालिका, राजबिराज नगरपालिका, रुकुम नगरपालिका, सूर्यविनायक नगरपालिका, टोखा नगरपालिकाले नाम दर्ता गराइसकेका छन्।  

प्रतियोगितामा प्रथम हुने टीमलाई एक लाख ५० हजार, दोस्रोलाई एक लाख, तेस्रो टीमलाई ५० हजार नगद पुरस्कार प्रदान गरिने सम्मेलनमा बताइयो। यस्तै प्रत्येक बोर्डको उत्कृष्ट खेलाडीलाई प्रति खेलाडी पाँंच हजार नगद पुरस्कार प्रदान गरिने जनाइयो। यस प्रतियोगिता सञ्चालन गर्न कुल २६ लाख रकम बजेट विनियोजन गरिएको जनाइयो छ।

अन्तर नगर बुद्धिचालसँंगै भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताहरु प्नि हुने जानकारी गराइयो। प्रतियोगितामा नगरका १० वटा वडाहरुमा १० विधामा खेलकुद प्रतिायोगिता हुने जनाइयो। जस अनुसार वडा नं १ मा पत्रकार सम्मेलनमा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले हरेक वर्ष अन्तरनगर (फुटबल, कबड्डी, बक्सिङ, टेबुल टेनिस, कराँते र एथ्लेटिक्स) खेलकुद प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको जनाए। त्यस अनुसार यस वर्ष शहिद दिवसको अवसरमा अन्तरनगर बुद्धिचाल प्रतियोगिताको आयोजना गर्न लागेको उनले जनाए।

प्रकाशित: २१ फाल्गुन २०७७ १३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App