१५ चैत्र २०८० बिहीबार
खेल

बाल बाटिका र विद्या भूषणको दोस्रो जित

लिटल फ्लावर प्रिमियर लिग

धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगितामा नव बाल बाटिका स्कुल बौनीया र विद्या भूषणले दोस्रो जित निकालेका छन् ।

शुक्रवार भएको दोस्रो खेलमा विद्या भूषणले धनगढीको त्रिनगर माविलाई ६४ रनको फराकिलो अन्तरले जितेको छ । टस जितेर ब्याटिङ गरेको विद्या भूषणले १७ ओभरमा सबै विकेट गुमाउँदै ९१ रन बनाएको थियो । उसका लागि प्रदिप चन्दले ३६ रन बनाए । त्रिनगरका खड्क नगरकोटीले ३, बसन्त थापा, पदम पनेरु र सुलभ सेवाले २र२ विकेट लिए । ९२ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको त्रिनगर ६ ओभर १ बलमा सबै विकेट गुमाउँदै २७ रनमात्र बनाउन सक्यो । उसका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । त्रिनगरलाई सस्तैमा समेट्ने क्रममा विद्या भूषणका विरेन्द्र नाथले ६ र शेर मल्लले ४ विकेट लिए । खेलको म्यान अफ द म्याच विद्या भूषणका विरेन्द्र नाथ भए ।

शुक्रबार भएको पहिलो खेलमा नव बाल बाटिकाले रोजी बड्सलाई ८ विकेटले जितेको थियो । संघीय प्रहरी इकाई कार्यालय धनगढीको खेल मैदानमा पहिले ब्याटिङ गरेको रोजी बड्सले १५ ओभर २ बलमा अलआउट हुँदै ८० रन बनायो । रोजी बड्सका याकुब मियाले २४ रन बनाए । बाल बाटिकाका विशाल बिक्रम केसीले ३, हिमाल बिक र हिमाल मल्लले २र२ विकेट लिए । रोजी बड्सले दिएको सामान्य लक्ष्य बाल बाटिकाले ९ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । बाल बाटिकाका लागि विशाल बिक्रम केसीले अविजित २६ रन जोडे । भने कमल ओलीले अविजित १५ रन बनाए । खेलको प्लेयर अफ दि म्याच बाल बाटिकाका विशाल बिक्रम केसी चुनिए । प्रतियोगितामा बाल बाटिका र विद्या भूषणको दोस्रो जित हो ।  

प्रतियोगिताअन्तरगत शनिवार होलिल्याण्ड र धनगढी नमुना तथा बाल बाटिका र गुरुकुलबीच खेल हुनेछ । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । विजेताले १ लाख २० हजार पाउने छन् । त्यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले ५र५ हजार पाउने छन् ।

प्रकाशित: २१ फाल्गुन २०७७ १२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App