coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

बालुवाटारलाई पराजित गर्दै पोखरा–११ सेमिफाईनलमा

म्यान अफ दि म्याच पोखरा–११ का विधान श्रेष्ठ । तस्बिर नागरिक

चौथो विकेटको लागि रिजन प्रजु र विधान श्रेष्ठले ७६ रनको साझेदारी गरेपछि सुपर जनरल पोखरा–११ ले बालुवाटार क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्दै सेमिफाईनल सुरक्षित गरेको छ ।  

बिहीबार पोखरा रंगशाला क्रिकेट मैदानमा दुवै टिमलाई सेमिफाईनल प्रवेश गर्न जितको विकल्प थिएन् । १२६ रनको लक्ष्य पछ्याएको पोखरा–११ ले मध्यक्रममा प्रजु र श्रेष्ठले सम्हालिएर क्रिजमा टिक्दै रन जोडेपछि जितको आधार तयार भएको थियो । अन्तिम ओभरमा जितको लागि ५ रन चाहिएको अवस्थामा कृष्ण पौडेलले एक रन लिदैं स्ट्राईक लालबहादुर अधिकारीलाई दिए । अधिकारीले अन्तिम ओभरको दोस्रो बल सामना गर्ने क्रममा बाईमा चौका गएपछि पोखरा–११ ले चार बल बाँकी रहदाँ ४ विकेटको जितसँगै सुपर जनरल अन्तरक्लबस्तरीय टी–२० क्रिकेट लिगको अन्तिम चारमा प्रवेश गर्यो ।  

१४ रन बनाई खेल्ने क्रममा पोखरा–११ ले पहिलो विकेटको रुपमा दिपेश खत्रीलाई गुमायो । खत्री व्यक्तिगत १० रनमा थिए । बालुवाटारका सोनु तामाङको बलमा अभिनास बस्यालको हातबाट खत्री क्याच भए । त्यसपछि क्रिज छिरेका मुस्कान थापा पनि दोस्रो बलमै पभेलियन फर्किएपछि पोखरा–११ दबावमा पर्यो । थापा सोनु तामाङकै बलमा सुमन उदयबाट क्याचहुदैं क्रिज छाडे । तेस्रो विकेट भने ३० रन गुमायो । ओपनर प्रविन ढकाल व्यक्तिगत १५ रनमा आउट भएपछि पोखराको कमजोर इनिङ सम्हल्ने क्रममा रिजन प्रजु र विधान श्रेष्ठको साझेदारी महत्वपूर्ण रह्यो ।  

रिजन प्रजुले ३६ बल खेल्दै २७ रन बनाए । प्रजु पनि सोनु तामाङले क्याच आउट गराए । रसिक काफ्लेको बलमा तामाङले बाउण्ड्रीमै क्याच गराएपछि पोखरा फेरी एकपटक दबावमा पर्यो । प्रजुले ३ चौका हिर्काए । छैटौं नम्बरमा आएका गोविन्द प्रधान भने बाउण्ड्रीमै क्याच भए । छक्काको सट खेल्ने क्रममा रसिक काफ्लेकै बलमा बाउण्ड्रीमा विपिन खत्रीले क्याच गरे । एकपछि अर्को विकेट गएपछि तनाबका देखिएको पोखरा–११ का भरपर्दा र क्रिजमा सेट भईसकेका विधान श्रेष्ठ अर्धशतक पुरा गर्न तीन रनबाट चुके । श्रेष्ठले ४१ बलमा ४७ रन बनाउने क्रममा ३ चौका र १ छक्का हिर्काए । श्रेष्ठ सोनु तामाङको बलमा सुमन उदय(विकेट किपर)को हातबाट क्याच भए । विपिन खत्रीले ४ ओभरमा  १ मेडन राख्दै ६ रन खर्चिए । विकेट विहीन रहे । तामाङले ३ विकेट लिए । रसिक काफ्लले २ विकेट लिए ।  

के.एन स्पोर्टसको आयोजना तथा सुपर जनरलको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगितामा टस जितेर व्याटिङ गरेको बालुवाटारले १२६ रनको योगफल तयार पारेको थियो । ओपनर पारस रावल र सुमन उदयको जोडीले पहिलो विकेटको लागि ४३ रनको साझेदारी गर्दै गतिलो शुरुवात दिलाए । गोविन्द प्रधानको बलमा किरण पौडेलको हातबाट क्याच हुदैं सुमन उदयलाई पहिलो विकेटको रुपमा बालुवाटारले १६ रनमा गुमाएको थियो । उदयले दुई चौका हिर्काए । विपिन खत्रीले २६ रन बनाए । खत्री र ओपनर रावलले २४ रनको साझेदारी गरे । रावल किरण पौडेलको बलमा सुवास भण्डारीको हातबाट क्याच हुदैं क्रिज छाडेपछि खत्रीलाई इनिङ सम्हाल्ने जिम्मेवारी रह्यो ।  

रावलले ३४ रन बनाउने क्रममा ३८ बल खेले । ४ चौका र १ छक्का हिर्काए । खत्रीले पनि २२ बल खेल्दै २६ रनको योगदान गरे । १ चौका र दुई छक्का हिर्काए । शैसबध्वज केसी किरण पौडेलकै बलमा बोल्ड भएपछि उनको स्कोर भने केवल ३ रन मात्रै थियो । पाँचौ नम्बरमा आएका सोनु तामाङले उत्कृृष्ट प्रदर्शन गरे । उनले १९ बलमा ३७ रन बनाउँदै स्कोरलाई सम्मानजनक स्थितिसम्म पुर्याए । तामाङले २ चौका र ४ छक्का हिर्काई खेलिरहँदा दिपेश खत्रीको बलमा एलबीडब्लुको धरापमा परे । बालुवाटार ७ विकेटको क्षतिमा १२५ रन बनाएको थियो । पोखराका लालबहादुर अधिकारी र किरण पौडेलले समान २÷२ विकेट लिदाँ विध्येश्वरी भाडा उद्योग म्यान अफ दि म्याचको पुरस्कार भने पोखराका विधान श्रेष्ठले पाए । 

प्रकाशित: २० फाल्गुन २०७७ १०:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App