१६ चैत्र २०८० शुक्रबार
खेल

रसुवामा फुटसल सुरु

रसुवाको सदरमुकामा धुन्चेमा मंगलबार फुटसल प्रतियोगिता सुरु भएको छ। शैक्षिक, ज्ञानी, बौद्धिक र प्रज्वलित समाज (अकिआस) ले मंगलबारदेखि दोस्रो अकिआस फुटसल सञ्चालन गरेको हो। प्रतियोगितामा ३१ टोली सहभागी छन्।

खेल प्रवर्धन, शारीरिक व्यायाम र मनोरञ्जनका लागि फुटसल प्रभावकारी हुने भएकाले प्रतियोगिता सञ्चालन गरिएको अकिआसका अध्यक्ष निवेश श्रेष्ठले बताए। प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वित्तीयलाई २५ हजार, तृतीयलाई १५ हजार र सान्त्वनालाई ५ हजार रूपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।  

नेपालमा सन् २०११ देखि भित्रिएको फुटसल युवामाझ बढी लोकप्रिय छ। शारीरिक व्यायामका लागि पनि फुटसल उपयुक्त मानिन्छ। यो खेलको सुरुआत सन् १९३० मा ब्राजिलबाट सुरु भएको बताइन्छ।

प्रकाशित: १९ फाल्गुन २०७७ ०४:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App