१६ चैत्र २०८० शुक्रबार
खेल

खुला लनटेनिसको उपाधि रितिक र प्रेरणालाई

रितिक राना र प्रेरणा कोइरालाले मंगलबार बुटवलमा सम्पन्न चौथो खुला लनटेनिसको उपाधि जितेका छन्।  मंगलबार सम्पन्न सिंगल्सको फाइनलमा सफलता प्राप्त गर्दै पुरुषतर्फ बुटवलका रितिक र महिलामा विराटनगरकी प्रेरणाले उपाधि जितेका हुन्। 

निकै रोमाञ्चक खेलमा रितिकले सन्तोष खत्रीलाई ६–३, ७–५ को सोझो सेटमा हराएका थिए। प्रेरणाले भने फाइनलमा अभिलाषा विष्टलाई ६–३,६–१ को सोझो सेटमा सहजै हराउँदै उपाधि आफ्नो बनाइन्। ३५ वर्षमाथिको उमेर समूहमा कमल भण्डारीले सफलता प्राप्त गरे। कमलले फाइनलमा सञ्जयप्रकाश श्रेष्ठलाई ६–२ र ६–० ले सहजै हराएका थिए।  

त्यस्तै ४५ वर्षमाथि उमेरसमूहमा चन्द्र शाही र ५५ वर्षमाथि हिमाल शाहले उपाधि जिते। फाइनलमा चन्द्रले धर्म लामिछानेलाई ६–४ र ६–३ को सोझो सेटमा हराए। फाइनलमा पहिलो सेट ७–६ ले गुमाएका हिमालले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै मनोज राणामाथि ६–२ र १०–२ को संघर्षपूर्ण जित निकालेका थिए।  

विजेतालाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, बुटवल उपमहानगरपालिका–११ का वडाध्यक्ष रामचन्द्र खनाल क्षेत्री र रूपन्देही लनटेनिसका अध्यक्ष सञ्जयप्रकाश श्रेष्ठलगायतले पुरस्कृत गरेका थिए। सो अवसरमा टेनिस खेलको विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै लनटेनिसका प्रमुख प्रशिक्षक कृष्णराज घलेलाई १८ हजार रूपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

प्रकाशित: १९ फाल्गुन २०७७ ०४:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App