coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

लनटेनिसको उपाधि रितिक र प्रेरणालाई

तस्विर÷नागरिक

बुटवलमा सम्पन्न चौंथो खुला लनटेनिसको उपाधि रितिक राना र प्रेरणा कोइरालाले जितेका छन्। मंगलबार भएको फाइनल खेलमा परूषतर्फ बुटवलका रितिकले  सन्तोष खत्रीलाई ६–३,७–५ को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेका हुन्। महिला सिङ्गलको उपाधि प्रेरणा कोइरालाले जितिन। प्रेरणाले फाइनलमा अभिलाषा विष्टलाई ६–३,६–१ को सेटमा जित निकाल्दै उपाधि चुमेकी हुन ।  

३५ प्लसमा कमल भण्डारीले उपाधी जिते । कमलले सन्जय प्रकाश श्रेष्ठलाइ ६–२,६–० को सेटमा पराजित गर्दै जित निकालेका हुन् । ४५ प्लसमा चन्द्र शाहि विजयी भए । चन्द्रले धर्म लामिछानेलाइ ६–४,६–३ को सोझो सेटमा पराजित गर्दै उपाधी चुमे । ५५ प्लसमा हिमाल शाह बिजयी भए । हिमालले मनोज राणालाइ ६–७,६–२,१०–२ को सेटमा पारजित गर्दै जित निकालेका हुन्।  

प्रतियोगिताका विजयी खेलाडीलाई मंगलबारै एक कार्यक्रमका बीच नेपाल टेनिस संघका केन्द्रीय अध्यक्ष ज्योति राणा, बुटवल उपमहानगरपालिका ११ का वडाध्यक्ष रामचन्द्र खनाल क्षेत्री, टेनिस संघका केन्द्रीय उपाध्यक्ष राजु श्रेष्ठ, मनोज राणा, प्रमुख प्रशिक्षक कृष्णराज घले,अजय बिष्ट,लोक गुरुङ रुपन्देही लनटेनिसका अध्यक्ष संजयप्रकाश श्रेष्ठ, उपाध्यक्ष अर्जुन गुरुङ, सचिव गोपाल ज्ञवालीले विजेता उपविजेतालाई नगद पुरस्कार  सहित सिल्ड, मेडल प्रदान गरे ।

सो अवसरमा  टेनिस खेलको विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै लनटेनिसका प्रमुख प्रशिक्षक कृष्णराज घलेलाई नगद रु १८ हजार सहित दोसल्ला ओडाएर सम्मान गरीएको प्रतियोगीताका संयोजक गोपाल ज्ञवालीले बताए । खेल ५ दिन सम्म चलेको थियो ।  

प्रकाशित: १८ फाल्गुन २०७७ १३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App