८ वैशाख २०८१ शनिबार
खेल

सुपर जनरल टी–२० लिगमा चितवनको दोस्रो जित

विजेता चितवन क्रिकेट टिम । तस्बिरः नागरिक

प्रतिक शर्माको अर्धशतकीय योगदानमा चितवन क्रिकेट टिमले बालुवाटार क्रिकेट क्लब काठमाडौंलाई  चार विकेटले पराजित गर्दै सुपर जनरल क्लबस्तरीय  टी–२० क्रिकेट लिगको सेमिफाईनल सम्भाबना बनेको छ । बालुवाटारले दिएको १२७ रनको लक्ष्यलाई चितवनले ६ विकेटको क्षतिमा पुरा गर्यो ।  

के.एन स्पोर्टस प्रालिको आयोजनामा पोखरा रंगशालामा आयोजित प्रतियोगिताको दोस्रो दिन मंगलबार शर्माले ३१ बलमा ५३ रनको महत्वपूर्ण इनिङ खेले । पहिलो ओभरको दोस्रो बलमा पहिलो विकेट गुमाएको चितवन केही दबावमा परेको थियो । दोस्रो विकेट पनि सस्तैमा गुमेपछि चितवनको इनिङलाई शर्माले सम्हाल्दै जितसम्मको आधार तयार बनाए । उनले ४ चौका र २ छक्का हिर्काए ।  

विकलकुमार गुप्ताले पनि ३३ बल खेल्दै २४ रन बनाउँदै चितवनलाई सहज बनाए । उनले एक चौका हिर्काएका थिए । रविन शर्माले पनि १६ बलमा १५ रन जोड्दा चितवन सम्भावित जित नजिक पुगिसकेको थियो । बालुवाटारका आयुष शर्माले ४ ओभरमा ३० रन खर्चिएर २ विकेट लिएका थिए । विपिन खत्रीले भने ११ रन दिदैं १ विकेट आफनो नाममा लेखाए ।  

टस जितेर व्याटिङ गरेको बालुवाटार क्रिकेट क्लबले  निर्धारित २० ओभर पुरै खेल्दै १२६ रनको योगफल बनाउँदा ७ विकेट गुमाएको थियो । सुमन उदयले २९ रनको योगदान दिए । पहिलो विकेट २१ रनमा गुमाएको बालुवाटारले दोस्रो विकेट भने ६२ रनमा गुमाएको थियो । उदयको स्कोरकार्डमा ३ चौका लेखियो । शैशमध्वज केसीले १७ बलमा १५ रन बनाए । उनले १ छक्का प्रहार गरे । विपिन खत्रीले पनि १० बलमा १४ रन बनाउने क्रममा १ छक्का र १ चौका प्रहार गरेका थिए । नविन तामाङले पनि १९ बलमा १३ रन बनाई खेल्ने क्रममा २ चौका स्कोर बोर्डमा चढाउन सफल भए ।  

चितवनका कप्तान दिपेश श्रेष्ठले ४ ओभरमा २८ रन खर्चिएर ३ विकेट लिए । अर्जुन चनराले ४ ओभरमा १७ रन खर्चिएर २ विकेट आफनो नाममा लेखाउन सफल भए । अर्धशतक बनाएका चितवनका शर्मा विन्ध्यश्वरी भाडा उद्योग म्यान अफ दि म्याच घोषित भए । 

प्रकाशित: १८ फाल्गुन २०७७ १०:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App