coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

क्रिकेट संघको साधारणसभामा कोषाध्यक्षको प्रतिवेदन नै बाँडिएन

अन्तराष्ट्रिय क्रिकेट परिषद(आईसिसी)को प्रतिबन्ध फुकुवापछि कास्की जिल्ला क्रिकेट संघले तेस्रो वार्षिक साधारण सभा गरेको छ ।  लामो समयपछि संघले तीन ्वर्षको अवधिमा वार्षिक साधारण सभा गर्दै आफ्नो योजना सार्वजनिक गर्यो । यद्यपी कोषाध्यक्षको आर्थिक प्रतिवेदन भने सभा उपस्थित अतिथि तथा संघका पदाधिकारी, साधारण सदस्यले अध्ययन गर्ने मौका भने पाएनन् । कोषाध्यक्षको प्रतिवेदन उपस्थित अतिथि तथा सदस्यहरुलाई भने वितरण गरिएन । यद्यपी प्रतिवेदन सुनेर भएपनि सदस्यहरुले त्यसलाई पारित गरेका छन् ।  

तीन वर्षको अवधिसम्म गरेको गतिविधि तथा मैदानलाई आम्दानीको स्रोत बनाएपनि त्यसको आम्दानी र खर्चको विषयमा कोषाध्यक्षले आफनो प्रतिवेदन बाचन गरेर सुनाए । सदस्यहरुले अध्ययन नै गर्न नपाएपछि जिज्ञासा सोध्ने अवस्था नदेखिएको उपस्थित एक सदस्यले बताए । ‘आर्थिक पारदर्शीता होला तथा सदस्यहरुले अध्ययन गर्न पाएनन् । त्यसले शंका र उपशंका सिर्जना गर्यो । कोषाध्यक्षले पढेकै भरमा पारित गरियो,’ एकजना सदस्यको भनाई थियो ।  

कोषाध्यक्ष चन्द्रकुमार गुरुङ(जिम्मी)ले आर्थिक प्रतिवेदन पढेर सुनाएपनि प्रतिवेदन भने कसैलाई पनि उपलब्ध गराइएन् । प्रतिवेदन अरुलाई दिन नसक्नु कोषाध्यक्ष गैर जिम्मेवार देखिएको ठहर समेत सभामा उपस्थित सदस्यहरुले गरेका थिए । यद्यपी कोषाध्यक्ष गुरुङले आर्थिक पारदर्शीताको लागि भने प्रष्ट्याएका थिए ।  

मैदानमा विशेष गरी आमन्त्रित इण्डो– नेपाल मैत्रीपूर्ण क्रिकेट हुदैं आएको छ । संघ बाहेक अन्य निजी क्षेत्रले आयोजना गर्ने प्रतियोगिताबाट संघले मैदानको शुल्क उठाउँदै आएको छ । ‘कोषाध्यक्षको प्रतिवेदन केवल सुनेर चित्त बुझाईयो । हातमा लिएर पढ्ने मौका पाईएन् । किनभने कोषाध्यक्षको प्रतिवेदन भने कसैलाई पनि दिईएन्,’ साधारण सभामा उपस्थिति संघकै पदाधिकारीको भनाई थियो ।  

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले कोषाध्यक्षको प्रतिवेदन एन आयव्यय सबै अडिट गरेर राखिएको स्पष्ट पारे । संघका सचिव दिपेन्द्रप्रताप चन्दले प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा कास्कीको क्रिकेट विकासको लागि क्रिकेट एकेडेमी, विद्यालयस्तरीय छात्र तथा छात्रा क्रिकेट प्रतियोगिता गर्ने योजना रहेको सुनाए । प्रतिवेदनमा जिल्लास्तरीय क्रिकेट प्रतियोगिता(टी–२० तथा एकदिवसीय दुवै प्रारुप)मा आयोजना गर्ने योजना राखिएको उल्लेख छ ।  

अम्पायर तथा स्कोरर तालिम, खेलाडीको लागि बन्द प्रशिक्षण, मनोरजनात्मक क्रिकेट प्रतियोगितालाई पनि भावी योजनामा समेटिएको छ । संघले गण्डकी प्रदेश सरकारसँग अन्तर्राष्ट्रिय क्रिकेट मैदानको लागि पहल कदमी गरिराखेको संघका अध्यक्ष सिग्देलले सुनाए । पोखरा रंगशालाको क्रिकेट मैदानलाई स्तरोन्नति गर्नुपर्ने खाँचो छ ।  

राष्ट्रिय खेलकुद परिषदबाट २५ लाख रुपैयाँ बजेट छुट्टाइएको छ । त्यसबाट के काम गर्ने भन्ने निर्णय भईसकेको छैन् । प्रदेश सरकारले पनि यो आर्थिक वर्षको लागि दुई करोड विनियोजन गर्दै पशुपतिघाटमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने अभियान शुरु गरेको छ । कास्की जिल्ला क्रिकेट संघ २०५५ सालमा स्थापित भएको हो । साधारणसभाको उदघाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले गरेका थिए ।

प्रकाशित: १५ फाल्गुन २०७७ ०८:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App