१६ चैत्र २०८० शुक्रबार
खेल

पोखरामा फागुन १७ देखि सुपर जनरल टी–२० क्रिकेट लिग

पत्रकार सम्मेनलमा ट्रफी सार्वजनिक गरिदैं । तस्बिर उमेश पुन÷नागरिक

ओरालो लाग्दै आएको कास्कीको क्रिकेटमा नयाँ आयाम थप्ने अभियान निजी क्षेत्रबाट शुरु गरिएको छ । के.एन स्पोर्टस प्रालिले सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा यही फागुन १७ गतेदेखि कास्कीका क्लबस्तरीय सुपर जनरल अन्तरक्लब टी–२० लिग क्रिकेट आयोजना गर्दैछ । निजी कम्पनीले बैदेशिक कम्पनीसँगको सहकार्य एवं मुख्य प्रायोजनमा पहिलो पटक टी–२० लिग आयोजना गर्ने जमर्को गरेको हो ।  

सुपर जनरल दुबईस्थित कम्पनी हो । कम्पनीले एक वर्षे सम्झौता गर्दै के.एन स्पोर्टसँग सम्झौता गर्दै मुख्य प्रायोजनको जिम्मेवारी लिएको हो । पोखरा रंगशाला क्रिकेट मैदानमा हुने टी–२० मा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । कास्की, तनहुँ, बाग्लुङ सहित चितवन क्रिकेट क्लब, बालुवाटार क्रिकेट क्लब काठमाडौ, मिम्समाण्डु क्लब काठमाडौं  र स्टन एकेडेमी चितवनले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक कमल थापाले आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।  

संयोजक थापाका अनुसार सुपर जनरल पोखरा ११ को टिम क्याम्प गरेरै छनोट गरिनेछ । तीनदिने क्याम्प राखेर खेलाडी छनोट गरी पोखराको टोली तयार गरिने पत्रकार सम्मेलनमा उनले बताए । ‘खेल पर्यटनको आजको आधार, क्रिकेट विकास हाम्रो सरोकार’ को नारासहित के.एन स्पोर्टसले पहिलो पटक प्रतियोगिता आयोजनामा जुटेको थापाले सुनाए । सुपर जनरलका गण्डकी प्रदेश प्रमुख फैजल अलीले क्रिकेटको विकासमा सहकार्य गर्न पाउँदा खुशी लागेको अभिव्यक्ति दिदैं आगामी दिनमा पनि सहकार्य गर्ने स्पष्ट पारे ।  

समूहको विजेता तथा उपविजेताले सेमीफाईनलको यात्रा तय गर्नेछन् । पत्रकार सम्मेलनमै प्रतियोगिताका निर्देशक विरेन पुनले कास्की जिल्ला क्रिकेट संघको निस्क्रियताले निजी क्षेत्र क्रिकेट प्रतियोगिताको लागि अगाडि बढ्नुपर्ने बाध्यता आएको जिकिर गरे । उनले अघिल्लो कार्यसमितिबाटै ओरालिएको क्रिकेट बर्तमान कार्यसमितिमा अझै सुस्ताएकोप्रति चिन्ता व्यक्त गर्दै केवल फोटो झुण्ड्याउने काम मात्रै हुने दावी गरे ।  

प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुने टोलीको हकमा भने ट्रफी तथा पदक मात्रै पाउने छ । विधागत रुपमा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट व्याट्सम्यानलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ । पत्रकार सम्मेलनमै नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषिराम गौतमले प्रतियोगिताको लागि आयोजकले क्यानसँग कुनै स्वीकृति नलिएको स्पष्ट पारे । 

प्रकाशित: ११ फाल्गुन २०७७ ०६:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App