१३ फाल्गुन २०७७ बिहीबार
खेल

दौड प्रतियोगिता: गजेन्द्र र सन्तोषी च्याम्पियन

प्रभु बैंक धरान १० के रन, नवौं नेवा च्यारिटी दौड प्रतियोगिता २०७७ मा पुरुषतर्फ गजेन्द्र राई र महिलातर्फ सन्तोषी श्रेष्ठ विजेता भएका छन्।

धरानमा शनिबार सम्पन्न भएको दौडको नवौं संस्करणमा गजेन्द्र पहिलो पटक विजेता भएका हुन् भने सन्तोषीले विजेतामा ह्याट्रिक गरिन्। दुवैले जनही नगद ५० हजारसँगै ट्रफी र पदक हात पारे। 

गजेन्द्र निर्धारित १० किलोमिटरको दूरी ३२ मिनेट २१ सेकेन्डमा पूरा गर्दै प्रथम भएका थिए। त्रिभुवन आर्मीका गजेन्द्रको धरान रनमा दोस्रो सहभागिता हो। उनी धरान रनको सातौं संस्करण (२०७५) मा पहिलो पटक सहभागी हुँदा तेस्रो भएका थिए।  

धरान १० के रनमा यसपालि पुरुषतर्फ त्रिभुवन आर्मीकै टंकबहादुर कार्की दोस्रो भए भने आर्मीकै जितेन्द्र दनुवार तेस्रो भए। महिलातर्फ विजेता सन्तोषीले ३८ मिनेट १० सेकेन्डमा दौड पूरा गरेकी थिइन्। 

उनी गत वर्ष पनि विजेता थिइन् भने २०१६ मा चौथो संस्करण पनि जितेकी थिइन्। यस्तै, महिलातर्फ भोजपुरकी छविमाया राईले ४२ मिनेट ७ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भइन्। जुम्ला जिल्लाकी वन्दना बुढाले ४३ मिनेट ४८ सेकेन्डमा दौड पूरा गरेर तेस्रो भइन्।

प्रकाशित: ९ फाल्गुन २०७७ १०:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App