फागुन २४ गतेदेखि २७ गते सम्म गोरखामा तेस्रो फुटबल मेला २०७७ हुने भएको छ। गोरखा नगरपालिका ९ स्थित द ओसन क्लवले निर्माण गरेको आर्टिफिसियल टर्फ मैदानमा उक्त प्रतियोगिता गर्न लागेको हो।
‘विभिन्न पाँच बिधामा कार्यक्रम गर्नेर्छौं,’ ओसन क्लवका अध्यक्ष अमित खत्रीले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने। छैठौँ ओसन कप यु–१३ फुटबल प्रतियोगिता, पाचौं भेट्रान्स कप खेल संचालन गरिने उनले बताए। ओसन वर्ष खेलाडी पुरस्कार, प्रतिभावान खेलाडी पुरस्कार, लाईभ टाईम एचिभमेन्ट अवार्ड सोही अवसरमा वितरण गरिने क्लवले जनाएको छ।
यु–१३ प्रतियोगितामा विजेताले १५ हजारको साथमा मेडल, ट्रफि पाउनेछन् भने उप विजेताले सात हजार पाँच सय र तेस्रो हुने टिमले तीन हजार पाँच सय पुरस्कार पाउनेछन्। भेट्रान्स कपका विजेताले खसी सहित ट्रफि, मेडल प्रमाण पत्र, उप विजेताले पनि खसीसहित ट्रफि, मेडल पाउनेछन्। खेल संचालन गर्न सात लाख ५८ हजार रुपैयाँ खर्च लाग्ने क्लवका अध्यक्ष खत्रीले बताए। गोरखा नगरपालिका, वडा नम्बर ९, विभिन्न संघ संस्था र व्यवसायीबाट सहयोग जुटाएर प्रतियोगिता सम्पन्न गर्ने उनले बताए। द ओसन क्लवले शिवरात्रीको अवसर पारेर दुई वर्षयता विभिन्न गतिविधिसहित फुटबल मेला गर्दै आएको छ।
प्रकाशित: ८ फाल्गुन २०७७ १२:३८ शनिबार