८ वैशाख २०८१ शनिबार
खेल

क्लबस्तरीय टी–२० लिग गर्न सम्झौता

सुस्ताएको कास्कीको क्रिकेटलाई ब्यूताउन के.एन स्पोर्टसले अन्तरक्लबस्तरीय टी–२० क्रिकेट लिग आयोजना गर्न सम्झौता गरेको छ । पोखरामा विदेशी कम्पनीसँग भएको यो पहिलो सम्झौता हो ।  

स्पोर्टसले टी–२० क्रिकेट लिग आयोजन ागर्न दुबईको सुपर जनरल(द कन्फिडेन्ट च्वाईस)सँग सम्झौता गरेको हो । पहिलो पटक एकवर्षे सम्झौता गरिएको छ । सम्झौतालाई निरन्तरता दिने प्रतिबद्धता जनाईसकेको छ । के.एन स्पोर्टसका निर्देशक कमल थापा र सुपर जनरलका प्रतिनिधि फैजल अलीबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । क्रिकेट लिगलाई एफ एण्ड एफ हाम्रो मार्ट प्रालिले सहयोग गरेको छ ।  

पोखरामा कास्की जिल्ला क्रिकेट संघले क्लबस्तरीय एक दिवसीय छनोट प्रतियोगिता गरेपछि रंगशालास्थित क्रिकेट मैदानमा क्लबस्तरीय क्रिकेटको गतिविधि भएको छैन । संघले पनि प्रधानमन्त्री कपको लागि जिल्ला छनोटमा क्लबस्तरीय प्रतिस्पर्धा गराएको थियो । सम्झौतासँगै के.एन स्पोर्टसले यही फागुन भित्र नै क्लबस्तरीय टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने लक्ष्य राखेको स्पोर्टसका निर्देशक  विधान श्रेष्ठले जानकारी दिए ।  

फागुन भित्रै आयोजना गर्ने लक्ष्यसहित तयारी गरिएको छ । कास्कीको टिम छनोट गर्न तीन दिने क्याम्प सञ्चालन गरेर टिम तयार पारिने समेत आयोजक संस्था के.एन स्पोर्टसका निर्देशक समेत रहेका प्रतियोगिताका संयोजक श्रेष्ठले बताए । 

प्रकाशित: ७ फाल्गुन २०७७ ०८:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App