coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

रुपन्देही सुपरलिग क्रिकेटमाः तिलोत्तमा डिभिजन ‘ए’मा

 भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा  बिहीबार भएको डिभिजन ‘बी’को खेलमा तिलोत्तमा क्रिकेट क्लबले साई ग्लोबल क्रिकेट क्लबलाई  पराजित गर्दै डिभिजन ए मा प्रवेश गरेको छ । सिद्धार्थ रङ्गशालामा भएको खेलमा तिलोत्तमाले  साई ग्लोबललाइ ६४ रनले पराजित गर्दै डिभिजन ‘ए’ मा प्रवेश गरेको हो ।

टस जितेर ब्याटिङमा उत्रेको तिलोत्तमाले निर्धारित ५० ओभरमा ३९.१ ओभर खेल्दै सबै विकेट गुमाएर ११२ रनको योगफल बनायो । उसका लागि कृष्ण भुसालले २८ र विष्णु कटेरियाले १४ रन बनाए । बलिङमा साई ग्लोबलका आकाश त्रिपाठीले ४, इमरान पठान र दुर्गेश कुर्मीले समान २÷२ विकेट लिए ।

जवाफी ब्याटिङमा साई ग्लोबल १५.१ ओभरमा अलआउट हुँदै ४८ रन मात्रै बनाउन सक्यो । उसका लागि अजय रसाइलीले २० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोडेनन । बलिङमा तिलोत्तमाका कृष्ण पराजुलीले ४.१ ओभरमा २ मेर्डन राख्दै ९ रन खर्चेर ५ विकेट लिए । विष्णु कटेरिया र यम क्षेत्रीले समान २÷२ विकेट लिए । कृष्ण पराजुली म्यान अफ द म्याच भई पुरस्कृत भए । शुक्रबार वेष्टर्न क्रिकेट क्लब र बुटवल युथबीच प्रतिस्पर्धा हुने आयोजक रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।

प्रकाशित: ६ फाल्गुन २०७७ १०:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App